Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

स्वास्थ्य क्षेत्रमा नारायण सरकारका २१ उपलब्धि


दैलेख  :  जिल्लाको नारायण नगरपालिकाले नगरपालिकाका नागरिकलाई विभिन्न स्वास्थ्य सेवा प्रदान गरी २१ वटा उपलब्धि प्राप्त गरेको जानकारी दिएको छ । आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रको नीति तथा कार्यक्रम सम्बन्धी सरोकारवाला निकाय सँग सुझाव सङ्कलनमा उक्त उपलब्धि प्राप्त गरेको जानकारी दिएको छ ।

नारायण नगरपालिकाका स्वास्थ्य शाखा सह संयोजक लाल बहादुर खड्काले स्थानीय सरकार निर्माण देखी नारायण नगरपालिकाले स्वास्थ्यका क्षेत्रमा राम्रो उपलब्धि हासिल गरेको जानकारी दिए ।उनले नारायण नगरपालिका स्वास्थ्य शाखा मार्फत विभिन्न सञ्चारमाध्यममा जनहितमा जारी सन्देश प्रकाशन तथा प्रसारण,नगरपालिकाको गेटमा असल पोषण व्यवहार सम्बन्धी पोषण पिरामिड,स्वास्थ्य संस्था दर्ता तथा अनुगमन निर्देशिका निर्माण गरी कार्यान्वयन,सुनौला हजार दिनका आमाको घरमा हरियो झन्डा,विभिन्न दिवसमा जनचेतनामूलक कार्यक्रम सञ्चालन,स्वास्थ्य संस्थाको भवन निर्माण,सामुदायिक स्वास्थ्य इकाई,असल आमा प्रोत्साहन,कोभिड खोप,जेष्ठनागरिक तथा दिर्घरोगीलाई घरमै स्वास्थ्य जाँच तथा औषधी वितरण गरेको जानकारी दिए ।

त्यस्तै किशोर किशोरी लक्षित स्वास्थ्य कार्यक्रम,गर्भवतीसँग उपमेयर कार्यक्रम,सबै स्वास्थ्य संस्थामा प्रविधिमैत्री,मानसिक रोगीहरूको निःशुल्क उपचार तथा मनोपरामर्शकर्ता मार्फत काउन्सीलिङ,र स्वास्थ्य बिमा,१२ महिना स्वास्थ्य संस्थामा औषधीको पर्याप्तता,गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स, शवबहान,विद्यालयहरूमा सेनेटरी प्याड वितरण तथा उद्योग स्थापना,पोषण व्यवहार परिवर्तनका लागी पोषण परिकार प्रदर्शनी,किशोरीहरूलाई आइरन चक्की र गर्भवतीको भिडियो एकसरे लगायतका २१ वटा उपलब्धि हासिल गरेको जानकारी दिए ।
उनले भने आगामी आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रमा नयाँ र जनतालाई प्रत्यक्ष लाभ पुग्ने खालका कार्यक्रम सचालनका लागी सरोकारवाला निकाय सँग सुझाव मागिएको र सुझावलाई आत्मसाथ गर्दै नीति तथा कार्यक्रम निर्माण गर्नेछौँ ।

नारायण नगरपालिकाका नगर प्रमुख लोमन शर्माले स्वास्थ्य क्षेत्रमा नगरपालिकाले गरिरहेका काम लाई निरन्तरता र अझै राम्रा कार्यक्रम सञ्चालन गर्न सरोकारवाला निकाय सँग सुझाव मागिएको बताए । उहाँले स्वास्थ्य क्षेत्र मात्र नभएर सबै विषयगत विषयमा सरोकारवाला निकाय सँग समन्वय गरी नीति तथा कार्यक्रम ल्याउने जानकारी दिए ।