Loading... आजः बुधबार, मंसिर १२, २०८१
Trending

तीन पत्रकारलाई प्रादेशिक पत्रकारिता पुरस्कार


सुर्खेत  :  कर्णालीका तीन पत्रकार प्रादेशिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । कर्णाली प्रदेश सरकारले पत्रकारहरुलाई पुरस्कृत गरेको छ । तीनै जना पत्रकारहरुलाई ‘प्रादेशिक पत्रकारिता पुरस्कार–२०७९ बाट सम्मानित गरिएको हो ।

सोह्रौं गणतन्त्र दिवसको अवसरमा सोमबार प्रदेश सरकारले तीन जना पत्रकारलाई सम्मान गरेको हो । पुरस्कृत हुने पत्रकाहरुमा सुर्खेतका ललितबहादुर बुढा, चाँदनी कठायत र सल्यानकी सरिता चलाउने रहेकी छन् ।

निष्पक्ष, खोजमूलक, विश्लेषणात्मक, उत्तरदायी र व्यवसायिक पत्रकारिताको माध्यमबाट कर्णाली प्रदेशको विकास र समृद्धि तथा कर्णालीका आम नागरिकलाई सुसूचित गर्न पु¥याएको महत्वपूर्ण योगदानको उच्च मूल्याङकन गर्दै कर्णाली प्रदेश पत्रकारिता पुरस्कार वितरण कार्यविधि, २०७९’ बमोजिम तीनै जनालाई पुरस्कार प्रदान गरिएको हो । तीनै जनालाई ५० हजार राशीको पुरस्कार सहित प्रमाण–पत्र कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले प्रदान गरेका थिए ।