Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

सबै काण्डको छानविन गर्न राप्रपा तयार छ : अध्यक्ष लिङ्देन


सुर्खेत  :  राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राजा वीरेन्द्रको वंशनाश हुनेगरी भएको दरबार हत्याकाण्ड सहित सबै काण्डको छानबिन हुनुपर्ने बताएका छन् । आईतबार सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले सबै काण्डको छानबिन हुनुपर्ने आफ्नो पार्टीको माग भएको बताएका हुन् ।

‘राजदरबार हत्याकाण्डको छानबिन गर्न कुनै आपत्ति छैन । छानबिन गर्न जरुरी छ’, उनले भने, हामीले यी सबै माग राखेका छौँ ।’ नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिँदै उनले देशका तमाम भ्रष्टाचार काण्डको अनुसन्धान हुनुपर्ने आफ्नो पार्टीको माग भएको बताए।

२०५८ जेठ १९ गते साँझ नारायणहिटी राजदरबारभित्र तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहको वंशै सखाप पारिएको थियो । तर अहिलेसम्म उक्त घटना कसले गरायो भन्ने कुरा रहस्यकै गर्भमा छ ।