Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

महावु बृहत् खानेपानी आयोजना निर्माणमा ढिलाइ

दैलेख  :  महावु गाउँपालिकाका एक हजार नौ सय २९ घर परिवारलाई खानेपानी खुवाउने उद्देश्यले सुरु गरिएको महावु बृहत् खानेपानी आयोजना निर्माणमा ढिलाइ भएको छ । खानेपानी मन्त्रालय खानेपानी तथा ढल व्यवस्थापन विभाग सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना वीरेन्द्रनगर सुर्खेत मार्फत सञ्चालित आयोजनाको निर्माणका जिम्मा पराजुली जिएस्, इन्जिनियरिङ जेभी पोखरा–५ कास्कीले पाएको थियो ।

निर्माण कम्पनीले तोकेको समय भित्र निर्माण कार्य ढिला सुस्ती गरेको भन्दै सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना वीरेन्द्रनगर सुर्खेतले निर्माणको जिम्मा पाएको पराजुली जिएस्, इन्जिनियरिङ जेभी पोखरा –५ कास्कीलाई कामले गति लिन नसकेको भन्दै संशोधित कार्य तालीका सहित ताकेता पत्र पठाएको छ । पत्रमा भनिएको छ आयोजनाको फिल्ड अनुगमन गर्दा कामको प्रगति सन्तोषजनक नदेखिएकाले निर्माण कार्यको मासिक कार्य तालीका सहित द्रुत गतिमा काम सक्न ताकेता गरिएको छ ।

सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना वीरेन्द्रनगर सुर्खेतका इन्जिनियर सुरेन्द्र शर्माले आयोजना निर्माणको जिम्मा पाएको कम्पनीलाई छिटो भन्दा छिटो काम सक्न ताकेता गरिरहेको र ठेकेदारले काम गरिरहेको जानकारी दिनुभयो । उहाँले आयोजनाले काम गरिरहेको भए पनि गतिका साथ काम नभएको जानकारी दिए । उनले भने ट्याङ्की निर्माण,पाइपलाई खन्ने,मुहानमा च्याम्वर बनाउने कामहरू भइरहेका छन् अव कामले गति लिनेमा कार्यालय विश्वस्त रहेको छ ।
पराजुली जिएस्, इन्जिनियरिङ जेभी पोखरा –५ कास्कीका प्रोप्राइटर इन्जिनियर ज्ञानेन्द्र घिमिरेले प्राविधिक स्टेटमेन्ट समस्या भएका कारण आयोजना निर्माणमा ढिलाइ भएको जानकारी दिए । उनले मुहान देखी पानी ल्याउने जडान गर्ने पहिला पलाष्टिकको पाइप राखिएकोमा त्यहाँको भौगोलिक अवस्था, आगलागी हुने जोखिमका कारण जी आई पाइप जडानका लागी पुन प्राविधिक स्टमेट गर्नु पर्ने भएका कारण काममा ढिलाइ भएको बताए । उनले भने (भिओ) स्वीकृत भइसकेको र पाइप खरिद छिटै गरी जडान हुन्छ । खानेपानी आयोजना निर्माणका लागी स्थानीय उपभोक्ताले बन बाट पाइप लाइन खन्न नदिएका कारण पनि आयोजना निर्माणमा ढिलाइ भएको उनको भनाइछ ।

महावु गाउँपालिकाका प्रवक्ता एवम् वडा नः २का वडाध्यक्ष प्रकाश थापाले निर्माण कम्पनीले निर्माणमा चासो नदिएका कारण काम ढिलाइ भएको आरोप लगाए । । उनले निर्माण कार्य छिटो सक्न गाउँपालिकाले ताकेता गरिरहेको र स्थानीय स्तरमा देखिएका बिवाद समाधान गरिरहेको जानकारी दिए । महावु गाउँपालिकाका वडा न ः १,२,३,४,६ लाई खानेपानी पु¥याउने उद्देश्यले मुअकर समेत १० करोड आठ हजारमा सुरु २०७८ असार २४ गते सुरु भएको २०८० असार ३ गते सम्म गर्नुपर्नेछ ।