Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

बाल अधिकार र युवा प्रर्बद्धनका लागी प्रतिबद्धता


दैलेख  :  बाल अधिकार र युवा प्रर्बद्धनका लागी १६ बुँदे प्रतिबद्धता गरिएको छ । जिल्लाका ११ स्थानीय तह र बालबालिका र युवा सम्बन्धी काम गर्ने सरकारी तथा गैरसरकारी निकायहरूले बाल अधिकार र युवा प्रर्बद्धनका लागी १६ बुँदे प्रतिबद्धता गरेका हुन । बाल अधिकार महासम्धी १९८९, दिगो विकास लक्ष्य, नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, २०७४, बालबालिका सम्बन्धी ऐन, २०७५ र नियमावली२०७८, राष्ट्रिय युवा नीति २०७२, यूथ भिजन २०२५ तथा १० वर्षे रणनीति योजना र सङ्घीयताको मर्म अनुसारको बाल अधिकार र युवा प्रवर्द्धन गर्न उक्त प्रतिबद्धता गरिएको बताइएको छ । बालबालिका तथा युवा सम्बन्धी ऐन र उल्लेखित कानुन बमोजिम बालमैत्री, युवामैत्री, अपाङ्गतामैत्री नीति तथा कानुन निर्माण,स्थानीय तहमा बाल कल्याण अधिकारी नियुक्त गर्ने, बालकोषको स्थापना लगायतका प्रतिबद्धता गरिएको छ ।
जिल्ला समन्वय समिति दैलेखका उपप्रमुख एवं कार्यवाहक प्रमुख केशव बहादुर शाहीले बालबालिका तथा युवा सम्बन्धी बनेका ऐन नियमलाई पूर्ण रूपमा कार्यान्वयन गर्न सबै निकाय जिम्मेवार बन्नु पर्ने बताए । उनले तीनै तहका सरकारले आवश्यक कानुन निर्माण गरी कार्यान्वयन गर्नु पर्नेमा जोड दिए ।
नौमूले गाउँपालिकाका अध्यक्ष छविराम सुवेदीले स्थानीय सरकारले केही कानुन निर्माण गरेका भए पनि सहज कार्यान्वयन हुन नसेकेको बताउए । उनले स्थानीय सरकारले संवैधानिक अधिकार अनुसार कानुन निर्माण गरी कार्यान्वयन गर्दै नागरिकको स्थानीय सरकार प्रति विश्वास बढाउनुपर्नेमा जोड दिए । स्थानीय सरकार सञ्चालनका लागि संवैधानिक व्यवस्था अनुसार ५२ वटा कानुन बनाउन पाउने व्यवस्था भए पनि ०७४ मा स्थापना भएका गाउँका सरकारले कानुन निर्माण तथा कार्यान्वयनतर्फ चासो नदेखाएका नागरिकको गुनासो छ ।