Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

एमालेले गर्‍यो संसद अवरोध


काठमाडौं : नेकपा एमालेले संसद बैठक अवरोध गरेको छ । नेकपा माओवादीका सांसद लेखनाथ दाहालले पशुपतिनाथ मन्दिरमा सुन भनेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पित्तलको जलहरी हालेको आरोप लगाएको भन्दै एमालेले संसद अवरोध गरेको हो ।

एमालेले दाहालको भनाइ संसदको रेकर्डबाट हटाउनुपर्ने माग राखेर संसद अवरोध गरेको हो ।एमालेको अवरोधपछि संसद बैठक २० मिनेटका लागि स्थगित गरिएको छ ।२० मिनेटका लागी स्थगित गरिएको प्रतिनिधि सभाको बैठक अझै बस्न सकेको छैन । त्यसका लागी सभामुख सहित प्रमुख दलका नेताहरु छलफलमा जुटेका छन ।