Loading... आजः शुक्रबार, चैत्र ३०, २०८०
Trending

यौन व्यबसाय संचालन गरेको आरोपमा दुई जना पक्राउ

दैलेख  :  यौन व्यवसाय सञ्चालन गरेको अरोपमा प्रहरीले दुई जना होटल संचालक पक्राउ गरेको छ । दैलेखको नारायण नगरपालिका–१ रहेको ज्वालामुखी होटलका संचालक तिर्थ प्रसाद न्यौपाने र आरती होटलका संचालक दिपेन्द्र कटुवाललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख किशोर लम्सालले होटलमा यौन व्यवसाय संञ्चालन गरेको भन्ने गोप्य सुचनाका आधारमा दुई जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको जानकारी दिए । उनले जिल्ला अदालत दैलेख बाट म्याद थप गरी अनुसन्धान गरिरहेको जानकारी दिए ।