Loading... आजः आइतवार, बैशाख ९, २०८१
Trending

गोली लागेर एकको मृत्यु


दैलेख  :  दैलेखको नौमुले गाउँपालिका –५ गुराँसेमा गोली लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नौमुले गाउँपालिका –५ का कर्ण बहादुर बुच्चामगर रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यलय दैलेखका प्रहरी प्रमुख किशोर लम्सालले आफ्नै घरको बार्दलीमा आफुले आफैलाई गोली हानी हत्या गरेको भनी स्थानीयले खवर गरेपछि घटनाको अनुसन्धान गर्न प्रहरी निरीक्षक कमल आर्चायको कमाण्डमा टोली खटाइएको जानकारी दिए । उनले घटना बारे अनुसन्धान गर्न टोली खटाइएको र त्यसको अनुसन्धान पछि मात्र वास्तविक कुरा बाहीर आउने बताए ।