Loading... आजः शनिबार, जेष्ठ १२, २०८१
Trending

चट्याङ लागेर एकै परिवारका चार जना घाइते


दैलेख  :   चट्याङ लागेर एकै परिवारका चार जना घाइते हुनुभएको छ । सोमवार राती ११ बजे सुतीरहेको बेला जिल्लाको डुगेश्वर गाउँपालिका –२ लाकुरीको खाम्ते स्थित प्रविन विकको घरमा चट्याङ पर्दा एकै परिवारका चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख(डिएसपी) किशोर लम्सालले चट्याङ लागेर घाइते चार जना मध्ये दुई जनाको अवस्था गम्भिर भएको र दुई जना सामान्य घाइते रहेको जानकारी दिए । उनले दिएको जानकारी अनुसार वर्ष २१ को पारस विक र १६ वर्षिय हेमा विकको अवस्था गम्भिर रहेको र वर्ष १७ को पूर्णा विक र वर्ष २०की पुष्पा विक समान्य घाइते रहेका छन । घाइतेहरुलाई हिजो रातीनै उद्धार गरी जिल्ला अस्पताल दैलेखमा उपचार गराईरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।