आगलागीका घाइते मध्ये एकको ज्यान गयो, सात जनाको उपचार हुँदै
दैलेख : दैलेखको आठबिस नगरपालिका–६ माल्याको सामुदायिक बनमा लागेको आगलागीमा परेर घाईते हुनुभएका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आठबिस नगरपालिका–६ का ३८ वर्षिय भैरे विकको मृत्यु भएको भेरी अस्पताल नेपालगञ्जले जानकारी दिएको छ ।
आगलागीमा परेर घाईतेहरु मध्ये आठबिस नगरपालिका –६ का ३८ वर्षिय भैरै बिक, ३६ वर्षिय मैना बिक,वर्ष २८ को पर्ज(प्रकाश) विक,वर्ष १८ को जौकला विक, वर्ष ५५ को मोतिराम विक,वर्ष १७ की छत्रा विक,वर्ष ४०को बसुन्धरा विक,वर्ष ३२ को नविन विक लाई उपचारका लागी नेपालगञ्ज पु¥याइएको थियो भने आगलागीमा परी सामान्य घाइते हुनुभएको वर्ष २९ को मिना विक,वर्ष २५ को जुना विकलाई आधारभुत अस्पताल राकमकर्णालीमा उपचार भइरहेको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत आठबिस नगरपालिका –४ को भेलतडी बाट वडा नः –६ राँता जोडने गोरेटो बाटो खन्न गएका थिए । गोरेटो बाटो खन्ने काममा कामदारहरुले काम गरिरहेको बेला सामुदायिक बनमा लागेको आगो एककासी आएको देखेपछि आगलगाी बाट बच्न ओढारमा जानेक्रममा आगोको लप्काले भेटाएर उनीहरु घाईते भएका थिए ।