Loading... आजः मङ्लबार, मंसिर ३, २०८२
Trending

टोल विकास संस्था मार्फत विकास निर्माण कार्य

दैलेख : टोल विकास संस्था मार्फत विकास निर्माणका काम अगाडी बढाउँन भगवतीमाई गाउँपालिकाले टोलविकास सस्थाका पदाधिकारीको क्षमता विकास तालीम संञ्चालन गरेको छ । गाउँपालिकाको आयोजना तथा नवप्रवर्तन साझेद्धारी कोषको सहयोगमा गाउँपालिकामा गठन गरिएका ३८ वटा टोल विकास समितिलाई क्षमता बिकास तालीम दिइएको हो । भगवतीमाई गाउँपालिकाका सुचना अधिकारी प्रेम बहादुर खड्काले उपभोक्ता समितिलाई निरुत्साहित गर्दै टोल विकास सस्था मार्फत विकास निर्माणका कार्यहरु संञ्चालन गर्न उनीहरुको क्षमता विकासका लागी दुई दिने तालीम दिएको जानकारी दिए । उनले टोल विकास संस्थाका पदाधिकारी र सदस्यहरुलाई टोल विकास संस्थाका काम,कर्तब्य ,अधिकार,बस्तीस्तरका योजना छनोट,योजना तथा कार्यक्रम कार्यन्वय प्रक्रिया लगायतका विषयमा क्षमता विकास प्रशिक्षण दिएको बताए । उनले गाउँपालिकाले सात वडाका रहेको टोलविकास सस्थालाई दर्ता गरेर विकास निर्माणका काम सुरु गर्ने पक्रिया सुरु गरेको र आगामी आर्थिक वर्षमा गाउँपालिकाका सम्पूर्ण योजनाहरु टोलविकास सस्था मार्फत संञ्चालन गर्ने योजना बनाइएको छ ।

भगवतीमाई गाउँपालिकाका अध्यक्ष गणेश बहादुर थापाले गाउँपालिकाले वा वडा कार्यलय मार्फत संञ्चालन हुने योजनाहरु उपभोक्ता समिति गठन गर्ने र राजनितिक भागबण्डामा उपभोक्ता समिति गठन गर्ने समस्याका, काममा गुणस्तर नहुने,र उपभोक्ता समितिले अन्य ठेकेदारलाई काम दिने र ठेकेदारले काम नगर्ने प्रथाको अन्त्य गर्न टोलविकास सस्था दर्ता गरी योजना कार्यान्वयन गर्न लागिएको बताए । उनले भने गाउँपालिकामा रहेको टोलविकास सस्था बाट श्रमरोजगार बैँकमा आवद्ध भएका युवाहरुलाई विकास निर्माण समेत जोड्न सहज हुने बताए । विकास निर्माण प्रक्रियामा टोल तथा बस्ती स्तरबाट नै नागरिक जागरुक बनाउने,रोजगारी सिर्जना गर्ने,समाजको आर्थिक तथा सामाजिक विकास,पूर्वधार तथा बाताबरण संरक्षण र विपद ब्यबस्थापन लाई समेत ध्यान दिने गरी योजना बनाएको अध्यक्ष थापाले बताए । उनले आगामी वर्षका लागी ल्याउने निति तथा कार्यक्रममा समेत योजना छनोट गर्दा राजनितिक दल भन्दा पनि टोलमा आवश्यकताका आधारमा छनोट हुने विश्वास आफुले लिएको बताएका छन ।

भगवतीमाई गाउँपालिका –३ का बिनोद नेपालीले गाउँपालिकाले योजना कार्यान्वयन गर्न टोलविकास सस्थालाई जिम्मेवारी दिने र विकास निर्माणमा सुशासन पारर्दशीता कामय गर्न उक्त कार्यक्रम प्रभावकारी हुने बताए। आर्थिक वर्षमा केही योजना टोलविकास सस्था मार्फत काम गरेको र केही उपभोक्ता समिति मार्फत काम गरेको गाउँपालिकाले जानकारी दिएको छ ।