नवनियुक्त मन्त्रीले लिए शपथ
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त तीन जना मन्त्रीले शपथ लिएका छन । बिहीबार दिउँसो राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत र युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले पद तथा गोपनीयताको शपथ लिएका हुन ।
राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार नेपालको संविधानको धारा ८० बमोजिम राष्ट्रपति पौडेलसमक्ष नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका हुन । राष्ट्रपति पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा उनीहरूलाई बुधबार मन्त्री पदमा नियुक्त गगरेका थिए । तीन जना नै कांग्रेसका तर्फबाट मन्त्री बनेका हुन ।