Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

राष्ट्रपति पौडेलद्वारा संसद्को बजेट अधिवेशन आह्वान


काठमाडौं  :  राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २४ गते आइतबार सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन । सङ्घीय संसद् सचिवालयका अनुसार बैठक नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा उक्त दिन अपराह्न ४ बजे आह्वान गरिएको छ।

प्रतिनिधिसभाका सांसद र राष्ट्रियसभाका सदस्यलाई तोकिएको मिति, समय र स्थानमा उक्त दिन उपस्थित हुन अनुरोध गरेको सचिवालयका महासचिव डा। भरतराज गौतमद्वारा जारी सूचनामा उल्लेख छ। वर्षे अधिवेशनका रूपमा रहेको यस अधिवेशनलाई बजेट अधिवेशनसमेत भनिन्छ । यो अधिवेशन प्रारम्भमै बजेटमाथि छलफल हुनेछ। यस अधिवेशनमा सरकारको वार्षिक नीति तथा कार्यक्रम र वार्षिक आयव्ययको विवरण (बजेट) प्रस्तुत हुनेछ। अघिल्लो अधिवेशन वैशाख १५ गते अन्त्य भएको थियो ।