Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा डिल्लीबहादुर चौधरी नियुक्त

दाङ  लुम्बिनी प्रदेशको चौथो मुख्यमन्त्रीको रुपमा नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता डिल्लीबहादुर चौधरी नियुक्त भएका छन । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम चौधरीलाई मुख्यमन्त्रीमा आज नियुक्त गरेका हुन ।
प्रदेश प्रमुखको कार्यालय बुटवलमा विहीबार दिउँसो कांग्रेस संसदीय दलका नेता चौधरीले नयाँ सरकार गठनका लागि आठ दलको समर्थनमा ५३ सांसदको हस्ताक्षरसहित दावी पेश गरेका थिए ।

नवनियुक्त मुख्यमन्त्री चौधरीले शुक्रवार दिउँसो साढे ११ बजे प्रदेश प्रमुखको कार्यालय बुटवलमा पद तथा गोपनियताको सपथग्रहण गर्ने कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । दाङ क्षेत्र नम्बर ३ ९१० बाट प्रदेश सभामा निर्वाचित चौधरीलाई कांग्रेससहित माओवादी केन्द्र, जसपा, लोसपा, नागरिक उन्मुक्ति पार्टी, जनमत, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादीसहितको समर्थन रहेको छ ।

गत पुस २७ मा नेकपा ९एमाले० बाट मुख्यमन्त्रीमा नियुक्त हुनुभएका लीला गिरीले वैशाख ११ गते प्रदेश सभामा विश्वासको मत गुमाएपछि संविधानको धारा १६८ (२) अनुसार नयाँ सरकार गठन भएको हो ।