दैलेखमा बर्सेनि बढ्दै बालविवाह


दैलेख : नारायण नगरपालिका–४ का १९ वर्षीय निरक नेपालीले महावु गाउँपालिका –१ खरिगैराकी १६ वर्षीय कल्पना विकलाई फागुन १० गते भगाएर विवाह गरे । माइती पक्ष कामी र केटा पक्ष दमाई भएकै कारण उनीहरूले आफ्नो जातमा नगएको भन्दै प्रहरीमा निवेदन दिए । फागुन १५ गते जिल्ला प्रहरी कार्यालय दैलेखले माइती पक्ष र पोइली(केटा पक्षलाई) राखेर दुबै जनालाई अभिभावकको जिम्मा लगायो । प्रहरीले जिम्मा लगाएको एक साता पछि पुन केटाले केटी लिएर भागेपछि घरका अभिभावकै सल्लाहमा विवाह गरी सगै बस्दै आएका छन् । नारायण नगरपालिका –२ जाजरकोटमा रहेको जनता माध्यमिक विद्यालय कोटथाप्ला कक्षा नौमा अध्ययनरत कल्पना विकले बालविवाह गरेकै कारण वार्षिक परीक्षा समेत नदिएर विद्यालय छाड्ेकी छिन ।
जिल्लाको चामुण्डाबिन्द्रासैनी नगरपालिका –४ बुढ्यौलीका महेन्द्र शाहीले अक्षाम जिल्ला तुर्माखाद –७ तोसीकी १६ वर्षीय शर्मिला शाहीलाई फागुन ८ गते भगाएर विवाह गरे । माइती पक्षले केटीको उमेर नपुगेको भनेर खोजी आएर लिन खोज्दा केटीलेनै मर्ने धम्की दिएका कारण अभिभावकहरू केटी नलिएर फर्किन बाध्य भए । केटीले जान नमानेपछि अहिले उनीहरू सँगै बस्दै आएका छन् । माथिका केही प्रतिनिधि मूलक घटनामा मात्र हुन जिल्लामा बाल विवाह गर्नेको संख्या बर्सेनि बढ्दै गएको प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल आर्चायले बालविवाह गर्नेको संख्या बढ्दै गएको जानकारी दिनुभयो । उहाँले आर्थिक वर्ष ०७६/०७७ मा एक वटा ०७७/०७८ पाँच वटा,०७८/०७९ मा ७ वटा र ०७९/०८० को वैशाख ४ गते सम्म ६ वटा मुद्दा दर्ता भएको जानकारी दिए । उनले भने बालविवाह भयो भनेर नागरिकले खबर गरेपछि प्रहरी गएर समातेर ल्याउने र पछि दुवै पक्षका अभिभावक आफ्ना छोरा छोरी बुझेर लिने गरेका कारण प्रहरीमा बालविवाहका उजुरी दर्ता हुने संख्या सोचे जती नबढेको बताए ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले प्रकाशन गरेका मानव अधिकार वर्ष पुस्तकमा भने बालविवाह गर्नेको संख्या बढ्दै गएको पाइएको छ । इन्सेकका जिल्ला प्रतिनिधि अम्मर सुनारले मानव अधिकार वर्ष पुस्तकमा क्रमशः सन २०२० मा सात वटा,२०२१ म सात वटा,२०२२ मा ११ वटा बालविवाह भएको उल्लेख गरे । उनले जातीय छुवाछुत, घरेलुहिसा न्यूनीकरणका लागी स्थानीय सरकारले विभिन्न कार्यक्रमहरू गरेको भए पनि बालविवाह न्यूनीकरणका लागी कुनै पनि सरकारी निकाय बाट काम नभएको बताए । उनले बालबिवाहका मुद्धा अन्तरजातीय ,आर्थिक हैसियत नमिल्ने लगायतका समस्या देखिएको खण्डमा मात्र प्रहरीमा उजुरी आउने गरेको बताए ।
बालविवाह न्यूनीकरणका सम्बन्धी काम गरेका गैर सरकारी संस्था महिला सशसक्तिकरण मञ्च नेपालले जिल्लाका केही पालिकाहरूमा भने बालविवाह सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ । महिला सशक्तीकरण मञ्च नेपालका अध्यक्ष सुनिता चन्दले बालविवाह न्यूनीकरण सम्बन्धी दैलेखको नौमुले गाउँपालिका, गुराँस गाउँपालिका र डुगेश्वर गाउँपालिकामा काम गरिरहेको जानकारी दिइन । उनले बालविवाह न्यूनीकरण सम्बन्धी युवायुवतीहरूलाई कानुनी शिक्षा,स्वास्थ्य, र घरेलु हिंसा सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको बताइन । उनले भनिन दातृ निकायको सहयोगमा कार्यक्रम सञ्चालन गर्नु पर्ने भएका कारण जिल्लाका केही पालिकाहरूमा मात्र कार्यक्रम सञ्चालन गरेका छौ ।
बालविबाह गरेर बच्चा जन्माएका किशोरी आमाहरुले समेत विवाह दर्ता नहुँदा छोरा छोरीको समेत जन्मदर्तामा समस्या हुने गरेको छ । भगवतीमाई गाउँपालिका –२ रुमका वडा सहायक पुर्ण बहादुर शाहीले २० वर्ष उमेर नपुग्दै बिवाह गर्ने र बच्चा जन्मिने गरेका कारण बच्चाहरुको जन्मदर्ता गर्न समस्या हुने गरेको बताए । उनले भने २० वर्ष उमेर नपुेका तर विबाह दर्ता गर्न आउँदा कानुनी रुपमा गर्न नमिल्ने भएका कारण बाबालिकाको जन्मदर्ता गराउँन समेत समस्या हुने गरेको छ ।
मनोसाजिक परार्मशकर्ता सिता चौधरीले बालबालिका एसइई परीक्षा दिएर बाह्य जिल्ला पढ्न जाने र अभिभावकको नियन्त्रण भन्दा बाहीर बस्दा बालविबाह गर्ने र बालबिवाह गरेको खण्डमा अभिभावक जिम्मेवार नहुने समस्याका कारण बालबिवाह बढ्दै गएको बताइन । उनले भनिन अभिभावक देखी युवा युवतीलाई बालबिवाह गरेको खण्डमा कार्वाही हुन्छ भन्ने जानकारी पाएपनि उनीहरुकै संरक्षण गर्ने समस्या कारण बालबिवाह बढ्ने गरेको छ ।

