ढाका कुमार श्रेष्ठको साधारण सदस्य खारेज गर्ने रास्वपाको निर्णय
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकबाट प्रतिनिधिसभा सांसद बनेका ढाका कुमार श्रेष्ठको साधारण सदस्य खारेज गर्ने निर्णय गरेको छ।
बुधबार पार्टी कार्यालयमा भएको केन्द्रीय कमिटी बैठकले सांसद श्रेष्ठलाई साधारण सदस्यसमेत खारेज गर्ने निर्णय गरेको सभापति रवि लामिछानेले जानकारी दिए। यससँगै उनको सांसद पद जाने भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले उनको ठाउँमा बिन्दाबासिणी कंसाकारलाई प्रतिनिधिसभा सदस्य बनाउने प्रक्रिया प्रारम्भ गरिने बताए।उनले भने अदालत बाट क्लिीन चिट भएको अवस्थामा सोही अनुसार प्रक्रिया अगाडी बढ्ने बताए ।