Loading... आजः आइतवार, मंसिर ३०, २०८१
Trending

कर्णालीमा सरकारबाट बाहिरियो एमाले

सुर्खेत  :  नेकपा एमाले कर्णाली प्रदेश सरकारबाट बाहिरिएको छ । कर्णाली प्रदेश सरकारका तीनै जना मन्त्रीहरूले सामूहिक राजीनामा दिएसँगै एमाले सरकारबाट बाहिरिएको हो ।
देशको राजनीतिक परिस्थिति बदलिएको भन्दै आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाह‚ सामाजिक विकासमन्त्री टेकराई पछाई र उद्योग‚ वन‚ पर्यटन तथा वातावरणमन्त्री जीतबहादुर मल्लले सामूहिक राजीनामा दिएका छन् ।

तीनै जना मन्त्रीले आइतबार कर्णाली प्रदेशका मुख्यमन्त्रीलाई राजीनामापत्र बुझाएका हुन् । देशको राजनीतिक परिस्थिति बदलिएको परिप्रेक्ष्यमा माननीय मुख्यमन्त्रीज्यूको सहजताका लागि नेकपा एमालेबाट सरकारमा सहभागी हामी तपशीलका मन्त्रीहरू संयुक्त राजीनामा पेस गर्दछौं राजीनामापत्रमा लेखिएको छ ।