नेकपा एसका नेता मुकुन्द न्यौपानेले गरे पार्टी परित्याग
काठमाडौं : नेकपा एकीकृत समाजवादीका नेता मुकुन्द न्यौपानले पार्टी परित्याग गरेका छन्। उनले पार्टीको केन्द्रीय कमिटीमा आफूले राखेको फरक मतबारे छलफल नगरेपछि पार्टी छाडेको उल्लेख गरेका छन्। उनले केन्द्रीय कमिटी बैठकमा ३३ बुँदे फरक मत राखे पनि हालसम्म एजेण्डाको रूपमा प्रस्तुत नगरिएको प्रेस विज्ञप्तिमा उल्लेख गरेका छन्।
उनले जारी गरेको बिज्ञप्तीमा भनिएको छ माघ २१ र २२ को केन्द्रीय कमिटिको बैठकमा आफ्नो धारणा सहित ३३ बुँदे फरक मत राखि छलफलको लागि माग गरेको थिए। हालसम्म कुनै पनि छलफल नभएकाले सो पार्टीमा म जस्तो विगत ५४ वर्षको राजनीतिक जीवनमा यात्रा गरेको कम्युनिष्ट कार्यकर्ता विधि, प्रक्रिया र सांगठनिक ढाँचाअनुरुप पार्टीको सदस्य भएर बस्नुभन्दा देशको असल नागरिक भएर बस्नु उचित हुनेछ ।