भरुवा बन्दुक पड्किँदा १ बालिकाको मृत्यु‚ तीन घाइते
सल्यान : सल्यानको कालीमाटी गाउँपालिकामा स्थानीय बेलबहादुर आलेको घरमा भरुवा बन्दुक पड्किँदा एक बालिकाको मृत्यु भएको छ। बन्दुक पड्किदा छर्रा लागेर तीनजना घाइते भएका छन्।
घरको आँगनमा खेल्दै गरेको क्रममा बन्दुक पड्किदा छर्राले लागेर कालिमाटी गाउँपालिका-७ स्वायनवासकी ९ वर्षीया पूजा घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।३ वर्षीया देवी घर्ती, ५ वर्षीया यमुना आले र ८ वर्षीय तेजेन्द्र आले घाइते भएका छन्।
घाइते भएकी यमुना आलेलाई थप उपचारका लागि काठमाडौं लगिएको छ भने अन्य दुईजनालाई नेपालगन्ज उपचार गरिएको छ।