Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

मन्त्री र सचिवले तजबिजमा गर्न पाउने सुराकी खर्च खारेज


काठमाडौं  : गृहमन्त्री र सचिवले ‘सुराकी खर्च’को नाममा तजबिजमा रकम निकासा गर्न पाउने व्यवस्था खारेज गरिएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पदबहालीलगत्तै पहिलो निर्णयमा सुराकी खर्च खारेज गर्ने निर्णय गरेका थिए । त्यसैबमोजिम मन्त्रालयले मन्त्रिपरिषद बैठकमा उक्त प्रस्ताव लगेको थियो । मन्त्रिपरिषदले प्रस्ताव पारित गरेसँगै सुराकी खर्च खारेज भएको छ ।