बालिकालाई बलात्कार कसूरमा उन्नाइस वर्ष कैद
दैलेख : दैलेख जिल्ला अदालतले १३ वर्षीया बालिकालाई बलात्कार गरेको कसूरमा काभ्रे जिल्ला पाँचखाल नगरपालिका–६ हाक्से घर भई २६ वर्षीय सिबु तामाङ्गलाईललाई १९ वर्ष कैद गरेको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको सोमवारको इजलासबाट १९ वर्ष कैद, पीडितलाई एक लाख क्षतिपूर्ति र पीडित राहत कोषमा २२ रुपैंयाँ तिनुपर्ने फैसला भएको सूचना अधिकारी नासु टिकाराम न्यौपानेले जानकारी दिए ।
मध्यपहाडी राजमार्गको निर्माणाधिन सडकमा मजदूरी गर्ने आरोपित तामाङ्गले आफ्नो डेरा नजिककी ती बालिकालाई मोबाइलमा टिकटक देखाउने बाहनामा अघिल्लो २०७८ चैत १६ गते राति बलात्कार गरेको भनी पीडित पक्षले दिएको सूचनाको आधारमा प्रहरी राति नै गिरफ्तार गरेको थियो ।
युवतीको स्वास्थ्य परीक्षण मङ्सिर चैत १७ गते दैलेख अस्पतालमा गरिएको थियो । घटना सम्वन्धमा प्रहरीले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकील कार्यालय दैलेखले ०७९ वैशाख ६ गते दैलेख जिल्ला अदालतमा जबरजस्ती करणी सम्वन्धी अभियोग पेश गरेको थियो ।
अभियोग सम्वन्धमा पुस ७ गते भएको थुनछेक बहसपछि तत्कालिन जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासबाट आरोपितलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो । साभार ज्वालासन्देश