नेपाल निर्माण व्यवसायी महासंघ प्रदेश अध्यक्षमा बिसी
वीरेन्द्रनगर : नेपाल निर्माण व्यवसायी महासंघ कर्णाली प्रदेश अध्यक्षमा निर्माण व्यवसायी यमबहादुर बिसी निर्वाचित भएका छन्। महासंघको दोस्रो प्रदेश अधिवेशनबाट बिसीलाई सर्वसहमत रूपमा अध्यक्षमा चयन गरिएको निर्माण व्यवसायी मंगल शाहीले जानकारी दिए।
उनका अनुसार महासंघको प्रदेश वरिष्ठ उपाध्यक्षमा निर्माण व्यवसायी भक्तिप्रसाद न्यौपाने, उपाध्यक्षमा राजबहादुर बस्नेत, महासचिवमा मानव बम, सचिवमा भरतकुमार डाँगी, कोषाध्यक्षमा प्रदिप खड्का, सहकोषाध्यक्षमा सिमिला खड्का तथा सदस्यहरुमा सूर्यबहादुर खत्री, राज शाही, पद्मा शाही, नविन थापा, निमा छिरिङ बुढा चयन गरिएको छ।