कालिकोटमा धामीझाँक्री सम्मेलन
सुर्खेत : कालिकोटमा कुनै बेला बालविवाह गराउन अग्रसर हुने धामीझाँक्री आजभोलि बालविवाह नगराउने प्रतिबद्धता गरेका छन् । बालविवाह गराउने भूमिका खेल्ने यी धामीझाँक्री तथा पुरोहितहरू बालविवाह नगराउने निर्णयमा समेत पुगेका छन् । यसै अवसरमा जिल्लाको तिलागुफा नगरपालिकामा बालविवाह रोक्न धामीझाँक्री तथा पुरोहित सम्मेलन गरिएको छ । उमेर नपुगेर गरिने विवाहमा आयोजना हुने भोजभतेर बहिष्कार गर्ने, बालविवाह भए–देखेको थाहा पाए कानुनी कारबाहीको दायरामा ल्याउने प्रतिबद्धतासहित बालविवाहविरुद्धका गतिविधिमा धामीझाँक्री र पुरोहित जुट्ने निर्णय भएको हो ।
अहिले गाउँमा उमेर नपुगेर गरिने विवाह रोक्न धामीझाँक्री र पण्डितहरू एकजुट भएका छन् । फलस्वरूप चालु आर्थिक वर्षसम्म शुभकालिका गाउँपालिकामा ९८ बालविवाह रोकिएका छन् । अहिले विवाह हुन लागेको जानकारी पाउनेबित्तिकै विवाह हुने स्थलमा गएर केटाकेटीको उमेर सोधिन्छ । यदी उमेर पुगेको छैन भने तत्काल अभिभावकलाई आ–आफ्नो घर फर्काउन सुझाव दिइन्छ । यस्तै धामीझाँक्री तथा पण्डितहरूकहाँ विवाहको लगन, साइत र दिन हेराउन आउने केटाकेटीको उमेर सोधिन्छ । यदी उमेर पुगेको छैन भने तत्काल अभिभावकलाई आ–आफ्नो घर फर्काउन सुझाव दिइन्छ ।
त्यसैगरी धामीझाँक्री र पण्डितहरूले सार्वजनिक कार्यक्रम मार्फत बालविवाह गरेको घरको भोजभतेरमा नजाने प्रतिबद्धता समेत जनाएका छन् । बालविवाह भएमा हुने दण्ड सजायबारे जानकारी दिइसकेको छ । बालअभियान्ता रमिता चौलागाँईले गाउँमा अब उमेर पुगी गरेको विवाहमा मात्र आफूहरू जाने व्यवस्था गरेको बताइन् । यसैबीच शुक्रबार बालविवाह रोक्न जिल्लाको तिलागुफा नगरपालिकाले धामीझाँक्री तथा पण्डितहरूलाई सम्मान गरेको छ । तिलागुफा नगरपालिकाद्वारा आयोजित धामीझाँक्री सम्मेलनमा एक सय जना धामीझाँक्री तथा पुरोहितहरूलाई फेटा ९पगरी० बाँधेर सम्मान गरेको हो ।