राजनीति अस्थिरताले कानून कार्यान्वयनमा समस्या ः मुख्यमन्त्री शर्मा
सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले राजनीति अस्थिरताले कानून कार्यान्वयनमा समस्या भएको बताएका छन्। बुधबार वीरेन्द्रनगरमा भएको नेपाल कानुन समाजद्वारा आयोजित संघ, प्रदेश, स्थानीय सरकारको प्रभावकारी समन्वय र स्थानीय सरकारको वर्तमान अवस्था र भावि रणनीति विषयक अन्तक्रिर्या कार्यक्रममा मुख्यमन्त्री शर्माले यस्तो बताएका हुन्।
मुख्यमन्त्री शर्माले राजनीति अस्थिरताले कानून कार्यान्वयन समस्या भएको वित्तीय संघीयता ठिक ठाउँमा लागू नभएको र यसलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। संघीयता कार्यनयनका विषयमा प्रश्नहरु उठ्न स्वभाविक हो प्रशासनीय संघीयताका कुरा पनि उठेका छन्। यसलाई पनि हल गर्नुपर्छ। राष्ट्र निर्माण, जनता र राष्ट्रका लागि कानून हो। यसमा चुनौती रहेका छन्। त्यसमा छलफल गर्नुपर्ने छ। शर्माले भने।
आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णबहादुर जिसीले प्रशासनिक भार नपर्ने गरि कानून निर्माण गर्नु पर्ने आवश्यक रहेको बताए। उनले, ‘हामीले बनाएको कानूनले सेवाग्राहीलाई लाभ हुने तरिकाले कानून निर्माण गर्नुपर्छ। तीन तहका क्षेत्रधिकारहरु नबाजिने गरेर साँझा अधिकारमा आपसमा समन्वय गरेर कानून निर्माण गर्नमा प्राथमिकता दिनुपर्छ ।प्रदेशले निर्माण गरेको एकल अधिकारका विधेयकलाई छिटोभन्दा संसदमा लैजाने र त्यहाँबाट पारित गरेर संरचनात्मक विकास र स्थापनाका लागि मन्त्रालयबाट अगाडि बढाउने सोच बनाएको बताए।