Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

तीन क्याम्पसमा बामलोकतान्त्रीक प्यानल बिजयी

दैलेख  :  आइतबार भएको स्ववियु निर्वाचनमा जिल्लाका तीन वटा क्याम्पसमा नेपाल विद्यार्थी संघ विजयी भएको छ । जिल्लाको क्षेत्र नः २ मा पर्ने द्रोणाचल बहुमुखी क्याम्पस ,चामुण्डा कलेज र आठबिस शिक्षा क्याम्पसको स्ववियु सभापतीमा नेबिसंघ विजयी भएको हो । द्रोणाचल बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेबिसंघका प्रकाश थापा,चामुण्डा कलेजको सभापतिमा सुनिल शाही र आठबिस शिक्षा क्याम्पसको सभापतिमा नगेन्द्र शाही निर्वाचित भएका हुन ।
द्रोणाचल बहुमुखी क्याम्पसको सभापतिमा बामलोतान्त्रीक प्यानल बाट विजयी प्रकाश थापाले दुई सय एक मत प्राप्त गर्दा अनेरास्ववियुका मदन थापाले एक सय ८० मत प्राप्त गरेका छन । सचिवमा बामलोकतान्त्रीक प्यानलका समीर रोकाय कोषाध्यक्षमा प्रेम प्रकाश खत्री,सदस्यमा मोतीकला बिक,लाल बहादुर शाही,हिमा कार्की,पशुपति कुमारी खड्का विजयी हुँदा अनेरास्ववियु बाट सदस्यमा उम्मेदवार लक्ष्मी रावत विजयी भएका छन ।
चामुण्डा कलेजको सभापतिमा बामलोकतान्त्रीक प्यानल बाट विजयी सुनिल शाहीले एक सय २९ मत प्राप्त गरी विजयी हुँदा अनेरास्ववियुका एक सय २१ मत प्राप्त गरेका छन । समितिको सचिवमा दिपाल बिक, लक्ष्मी शाही सदस्यमा सुदिप शाही,दिलीप शाही,भावना शाही,चित्रा रेग्मी लक्ष्मी कुमारी शाही विजयी हुनुभएको छ भने कोषाध्यक्षमा अनेरास्ववियुका लोकेश बहादुर शाही विजयी भएका छन ।

आठबिस शिक्षा क्याम्पसको स्ववियु सभापतिमा बामलोतान्त्रीक प्यानल बाट विजयी नगेन्द्र बहादुर शाहीले एक सय ७२ मत ल्याएर विजयी हुँदा अनेरास्ववियुका नर बहादुर कठयताले एक सय १६२ मत प्राप्त गरेका छन । अन्य पदाधिकारी तथा सदस्यमा समेत बामलोकतान्त्रीक प्यानलै निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ । जिल्लामा रहेको नारायण बहुमुखी क्याम्पस र कोटदेव क्याम्पसमा भने निर्वाचन हुन सकेको छैन ।