Loading... आजः बुधबार, मंसिर १२, २०८१
Trending

प्रचण्डविरुद्धको रिटमा कारण देखाउ आदेश जारी

काठमाडौँ  :  प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध दर्ता भएको रिट निवेदनमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले बाटो म्याद बाहेक १५ दिनभित्र कारण पेश गर्न विपक्षीहरुका नाउमा आदेश जारी गरेको हो।

सर्वोच्च प्रशासनका अनुसार रिटलाई आग्राधिकार दिन भनिएको छ। तर अन्तरिम आदेशबारे शुक्रबारको इजलासले केही नबोलेको छैन। ‘अन्तरिम आदेश दिने वा त्यसका लागि बोलाउने निर्णय आज भएको छैन, स्रोतले भन्यो।

आदेशमा भनिएको छ, अन्तरिम आदेश जारी गरिपाऊँ भन्ने निवेदन मागका सन्दर्भमा हेर्दा, निवेदनमा मूलत संक्रमणकालिन न्याय सम्पादनका सन्दर्भमा विचारणीय हुन आउने नेपालको संविधान र प्रचलित कानूनमा रहेका प्रावधान, यस अदालतबाट पटकपटक संक्रमणकालिन न्यायको विषय समावेश भएका विवादमा गरिएको व्याख्या र प्रतिदिन तथा अन्तर्राष्ट्रिय अभ्यास समेतका सन्दर्भमा हेरिनुपर्ने तथा व्याख्या र विश्लेषण गरिनुपर्ने सम्बन्धी प्रश्नहरू उठाइएको देखियो। यस प्रकारका कानूनी प्रश्नहरूको निरूपण पूर्ण सुनुवाइको अवस्थामा नै गर्नु मनासिव देखिन्छ। अहिले अन्तरिम आदेश जारी हुनेसम्मका पर्याप्त कारण नदेखिएको हुँदा निवेदकको माग बमोजिम अन्तरिम आदेश जारी गर्न परेन।

प्रचण्डले २०७६ माघ १ गते काठमाडौँको टुँडिखेलमा आयोजित कार्यक्रममा ‘सामन्ती राजाहरूले १२ हजार जनता मारेका हुन्। मलाई पाँच हजारको जिम्मा दिनुहुन्छ भने म लिन्छु’ भनेर सार्वजनिक अभिव्यक्ति दिएका थिए। दाहालको यही सार्वजनिक अभिव्यक्ति द्वन्द्वकालमा पाँच हजार व्यक्तिको हत्या गरेको साविति ९स्वीकारोक्त०का भएकाले उनीविरुद्ध मुद्दा चलाउन आदेशको माग गर्दै अधिवक्ता ज्ञानेन्द्रराज आरणसमेत १५ जनाले सर्वोच्चमा रिट निवेदन दिएका हुन्।

सुरुमा प्रशासनले दरपिठ गरेको आदेश गत शुक्रबार दर्ता गर्न इजलासबाट आदेश भएको थियो। अदालत प्रशासनबाट दरपीठ भएको थियो।
न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयालको संयुक्त इजलासले दरपीठको आदेश शुक्रबार बदर गरेको थियो। दरपीठ आदेश बदर भएसँगै गएको मंगलबार प्रचण्डविरुद्ध अदालतमा रिट दर्ता भएर शुक्रबार प्रारम्भिक सुनुवाइ भएको हो।