Loading... आजः सोमवार, पुस २९, २०८१
Trending

कुटपिट बाट दैलेखमा एक जनाको ज्यान गयो


दैलेख  : दैलेखको नारायण नगरपालिका ११ विन्द्याबासीनीमा कुटपिट बाट एक जनाको मृत्यु भएको छ नारायण नगरपालिका –११ ब ५३ वर्षीय गगनबहादुर विकको कुटपिटबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख किशोर लम्सालले कुटपिट बाट घाइते भएका गगन बहादुर विकको उपचारको क्रममा जिल्ला अस्पताल दैलेखमा मृत्यु भएको जानकारी दिए । उनले मृतकको विकको टाउको,छाती, र ढाडमा चोट लाग्दा अत्यधिक रगत बगेको कारण मृत्यु भएको बताए ।

कुटपिट गरी फरार रहेका नारायण नगरपालिका –११ विन्द्याबासीनीका २६ वर्षीय तुलबहादुर सिंह र २२ वर्षीय भूपेन्द्र बुढालाई नारायण नगरपालिका –७ को जङ्गलमा फेला पारी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।