Loading... आजः बुधबार, मंसिर १२, २०८१
Trending

नगर प्रमुखले आफुखुखी निर्णय गरेको भन्दै २८ बुँदे ज्ञापन पत्र

दैलेख  :  चामुण्डाबिन्द्रासैनी नगरपालिकाका नगर प्रमुख गणेश बहादुर शाहीले आफु खुखी निर्णय गरेको भन्दै त्यहाँका राजनैतिक दल र जनप्रतिनिधिले २८ बुँदे ज्ञापन पत्र बुझाएका छन् । चामुण्डाबिन्द्रासैनी नगरपालिकामा रहेका नौ वटा वडा मध्ये तीन वडा नेपाली काँग्रेस,तीन वडा एमाले र तीन वडा मजदुर किसान पार्टीले जितेको र कुनै पनि दलको बहुमत नभएको खण्डमा नेपाली काँग्रेस बाट निर्वाचन नगर प्रमुख गणेश बहादुर शाहीले कार्यपालिकाको निर्णय पुस्तीका लुकाएको र आफुखुखी निर्णय गरेको भन्दै नेकपा एमाले चामुण्डाबिन्द्रासैनी नगर कमिटी र नेपाल मजदुर किसान पाटी नगर कमिटीले संयुक्त रूपमा हस्ताक्षर गरी ज्ञापन पत्र बुझाइएको छ ।

ज्ञापन पत्रमा समपूरक बजेट अन्तरगत राम घाट बत्कायचौर लिफ्टिङ खानेपानीका लागी आएको ३४ करोड रुपिँया काम के कारणले सञ्चालन गर्न नसकिने भनेको हो,झप्पे पोखरेल लिफ्टिङ खानेपानी आयोजनाको ४० लाखको काम किन सुरु गरिएन,दुग्ध विकास प्रर्बद्धनका लागी आएको २९ लाखको काम किन सुरु गरिएन,दुग्ध उत्पादन कृषक प्रोत्साहन तीन लाख रकम किन खर्च गरिएन,जम्बुकाँध स्वास्थ्य चौकी हुँदै वडा कार्यालयमा जाने सडकमा आएको ५० लाख रकम किन फ्रिज फालेको,मटेला शिमसेरा सिचाई कुलोका लागी आएको बजेट किन फ्रिज गरिएको,नगरपालिकाका गौरवका आयोजनाका लागी कार्यपालिका बाट बजेट विनियोजन गर्नु पर्ने,नगरपालिकामा सवारी साधन हुँदा हुँदै निजी सवारी साधन प्रयोग गरी नगरपालिकालाई आर्थिक भार किन पारेको,नगरपालिकामा रहेको सवारी साधनको चरम दुरुपयोग गरेको,नगर बस सञ्चालन गर्दा रुट परमिट लिएको भन्दा किन बाहिर चलाइएको उल्लेख गरिएको छ ।

त्यस्तै नगरपालिकामा रहेको एम्बुलेन्स सेवा छिटो सुरु गर्नु पर्ने,वडा बाट छनोट भएर आएका योजना कसरी फेरबदल गरियो,बृहत् मजुवा खानेपानी आयोजना समिति आफू अनुकूल गठन गरिएको,प्रधानमन्त्री रोजगार तथा मुख्यमन्त्री रोजगार कार्यक्रम बाट वडा बाट आएका योजना भन्दा फरक योजना सञ्चालन किन गरिएको,गत आर्थिक वर्षको भुक्तानी दिन रकम एक करोड ८५ लाख छ भनी कार्यपालिका बैठकमा प्रस्तुत गरिएको पुन दुई करोड १६ कसरी बन्यो,सङ्घीय सरकारको नियम विपरीत पुन गाडी खरिदका लागी ७० लाख विनियोजन गरेको,नगरपालिकामा रहेको कर्मचारीलाई आस्थाका आधारमा विभेद गरेको,सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूको दरबन्दी मिलान गर्ने बहानामा मनोमानी ढङ्गले सरुवा गरेको,स्थानीय सरकार सञ्चालन ऐन विपरीत कर्मचारी नियुक्ति गरिएको ,नगर कार्यपालिकाको बैठकको निर्णय पुस्तिकामा कार्यपालिका सदस्यलाई बन्द गर्न नदिएको, बैठक पुस्तीका माग्दा नदिने गरेको,खाद्य डिपो बाट आफु खुखी चामल वितरण गर्ने कार्य रोक्नु पर्ने उल्लेख गरिएको छ । ज्ञापन पत्रमा उल्लेख गरिएका कुराहरू एक हप्ता भित्र पुरा नगरे चरणबद्ध आन्दोलनका गर्ने र त्यस बाट भएको परिणामको क्षतिपूर्ति नगरपालिकाले लिनु पर्ने उल्लेख गरिएको छ ।

चामुण्डाबिन्द्रासैनी नगरपालिकाका नगर प्रमुख गणेश बहादुर शाहीले भने ज्ञापन पत्रमा उल्लेख गरेको कुराहरू सत्यता नरहेको बताए । उनले खानेपानी लिफ्टिङ आयोजनाको हकमा लिफ्टिङ आयोजना कार्यान्वयन गर्न सकिँदैन भनेर निर्णय गरेका हौँ उहाँहरूले ज्ञापन पत्र बुझाउनुभएको छ त्यसलाई सकारात्मक लिएर सुधार गर्नु पर्ने काम सुधार गर्छौ । अर्को कार्यपालिकाको बैठकको निर्णय पुस्तीका लुकाएको भन्ने आरोप समेत सत्य नभएको नगर प्रमुख शाहीे बताए ।