बिपन्नलाई बाख्रा वितरण


दैलेख : भगवतीमाई गाउँपालिकाले गाउँपालिकमा रहेको बादी समुदायका १३ घरपरिवारलाई निशुल्क बाख्रा वितरण गरिएको छ । भगवतीमाई गाउँपालिका पुश शाखाको वार्षिक कार्यक्रम अनुसार गाउँपालिकामा रहेको १३ घर परिवारलाई बाख्रा वितरण गरिएको हो । भगवतीमाई गाउँपालिकाका पशु स्वास्थ्य प्राविधिक गणेश जोसीले बादी समुदाय आय आर्जन कार्यक्रम अन्र्तगत वितरण गरिएको जानकारी दिए । उनले १३ परिवारलाई एक एक खरी जातको बाख्रा वाडीएको बताए ।

