सहमतिको मसी सुक्न नपाउँदै प्रधानमन्त्री बाट विश्वासघात भयो : योगेश भट्टराई
दैलेख : नेकपा एमालेका (सचिव) एवम् मिसन ग्रास रुट अभियानका कर्णाली प्रदेशका संयोजक योगेश भट्टराईले सहमतिको मसी सुक्न नपाउँदै नेकपा माओवादीका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासघात गरेको बताएका छन् । मङ्गलवार पार्टी सुदृढीकरण तथा बिस्तार अभियान अन्तरगत दैलेखको आठबिस नगरपालिका स्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मूलकमा संवैधानिक सङ्कट आउन नदिन संसद्मा रहेको तेस्रो दललाई पुस १० गते भएको सहमति अनुसार प्रधानमन्त्री बनाएको भए पनि सहमतिको मसी सुक्न नपाउँदै विश्वासघात गरेको बताए ।
उनले सरकारको प्रतिनिधि भएर जेनेभा जान लाग्नुभएकी परराष्ट्र मन्त्री विमला राई पौड्यालको भ्रमण रोकेपछि सरकारमा बसी रहन आवश्यक देखिएन आफूहरूले सरकारमा गएका मन्त्रीहरूलाई फिर्ता बोलाउने र सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताए । उनले भने काँग्रेसले प्रधानमन्त्री कुनै हालतमा नदिए पछि सडकमा रहेको प्रचण्डलाई समर्थन गरेर प्रधानमन्त्री बनाऔँ तर उहाँले विदेशी शक्तिका अगाडी लम्पसार परेर पुस १०को सहमति विपरीत नेपाली काँग्रेसका नेता रामचन्द्र पौड्याललाई राष्ट्रपतिमा समर्थन गरेको गर्नुभयो । हामीले राष्ट्रपतिको निर्वाचनका लागी भएको सहमति तोड्दा समेत फागुन २५ गते सम्म सरकारलाई दिएको समर्थन फिर्ता नलिने तयारी गरेका थियौँ तर प्रधानमन्त्रीले विभिन्न फोरममा एमाले बाट मन्त्री बनेकाहरुको विरुद्ध बोल्न सुरु गर्नुभयो र उहाँले हाम्रा मन्त्रीहरूलाई बर्खास्त वा बिना विभागीय बनाउने तयारी गरेपछि सरकारलाई दिएको समर्थन लिन बाध्य भयौँ ।
एमालेले सरकारमा कसैलाई बोकेर हिँड्दैन अव जनता बाट अनुमोदन भएर बहुमत ल्याएर सरकारमा पुग्छौँ सचिव भट्टराईले भने सङ्घीय सरकार,सातै प्रदेश र सात सय ५३ स्थानीय तहमा एमालेको सरकार निर्माण गर्ने उद्देश्यले मिसन ग्रास रुट अभियान चलाएको छौँ यसका लागी पार्टीका सम्पूर्ण कार्यकर्ता कम्मर कसेर लाग्न निर्देशन समेत दिए ।
मुलुकका विकास र देशको राष्ट्रिय स्वाभिमान जोगाउनका लागी एमाले सरकारमा जानु पर्छ एमालेले देश समृद्ध बनाउने सपना देख्छ त्यसका लागी नेता तथा कार्यकर्ताको महत्त्वपूर्ण भूमिका आवश्यक हुन्छ ।
तपाईँहरूले देख्नुभएकै छ दैलेखमा रहेको पेट्रोलियम पदार्थ सयौँ वर्ष देखी बलेर खेर गइरहेको थियो हाम्रो पार्टी सरकारमा जान बित्तिकै उत्खनन तथा अन्बेष्णका लागी अगाडी सा¥यौ अहिले जग्गा प्राप्ति सँगै अन्य काम अगाडी बढिरहेको छ । त्यस्तै राकमकर्णालीमा निर्माण हुन लागेको नयाँ सहर आयोजना, मध्य पहाडी पुष्पलाल राजमार्ग र नेपालगञ्ज सुर्खेत दैलेख हुँदै मुगुको नाग्चेनाग्ला पुग्ने त्रिदेशीय सडक समेत निर्माणका लागी आवश्यक बजेट विनियोजन समेत गरिएको छ । उनले देश आर्थिक सङ्कटमा दिन प्रतिदिन फसेको भन्दै दलहरू त्यसका विरुद्ध एकजुट हुनुको साटो नेपालका केही दलहरू सत्ता स्वार्थमा केन्द्रित भएको आरोप लगाएका छन ।