Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

गर्भवतीलाई पोषण कोसेली

दैलेख  :  गर्भावस्थामा ध्यान दिनु पर्ने खानपिन, स्वास्थ्य सरसफाइ सम्बन्धी जनचेतना अभिवृद्धि गर्दै पूस्तौ पुस्ताको न्यून पोषण चक्रलाई तोड्न गर्भवतिमाई पोषण कोशीले संगै धोती उपहार दिएको छ । स्वास्थ्य नागरिक समृद्ध नगर भन्ने नारालाई आत्मसाथ गर्दै नगरपालिकाले गर्भवती महिलासँग उपमेयर’ कार्यक्रम मार्फत नगरपालिकाका ११ वडाका गर्भवती महिलालाई पोषणको कोसेली र धोती उपहार दिएको हो ।
नारायण नगरपालिका उप प्रमुख तत्ता कुमारी थापाले गर्भवती अवस्था खानपिन, स्वास्थ्य सरसफाइ सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम निरन्त संचालन गरिरहेको बताइन । उनले पोषणयुक्त बालबालिका जन्माउने ध्येयका साथ नगरपालिकाले कार्यक्रम संचालन गरेको बताइन । उनले भनिन गर्भवती महिलालाई मात्र होइन २० वर्ष उमेर पुगेर विवाह गरेका र दुई सन्तान जन्माएका र सरकारले तोकेको स्थानमा गएर प्रसूति हुने र बच्चा लाई लगाउनु पर्ने सबै खोप लगाएका आमाहरूलाई समेत असल आमा कार्यक्रम संचालन गरिएको छ । उप प्रमुख हुनु भन्दा अगाडी एक आमा हु मैले त्यो पीडा भोगेकी छु तपाईँहरूलाई सानो भए पनि तीन हजार बरावरको पोषण कोसेली संगै गर्भवती हुँदा ध्यान दिनु पर्ने विभिन्न सन्देश मुलक पोष्टर समेत दिएका छौ । त्यसको राम्रो संग अध्ययन गर्नु होला आफुले भोगेका र सिकेको कुरा अन्य गर्भवती आमाहरुलाई सिकाउनुहोला ।
नारायण नगरपालिकाका स्वास्थ्य शाखा सह संयोजक लाल बहादुर खड्काले नारायण नगरपालिका बाट संचालन भएका अमल आमा प्रोत्साहन,गर्भवती महिला संग उप मेयर कार्यक्रम र किशोरीहरुका लागी क्याल्सीयम वितरण जस्ता कार्यक्रम तीन वर्ष देखी निरन्तर चलाईरहेको बताए । उनले नगरपालिका भित्र मातृमृत्युदर र बाल मृत्युदरमा कमी ल्याँउनुका साथै पोषणयुक्त  बालबालिका जन्माउने अभियान बिस्तारै प्रभावकारी बन्दै गएको बताए । यो अभियान सफल भएमा नगरपालिकामा जन्मने बालक कोही पनि कुपोषण भएर नजन्मने उनको भनाई छ । उनका अनुसार नारायण नगरपालिकाका ११ वडामा गरिएको कार्यक्रम बाट तीन सय पाँच जना गर्भवती आमालाई कोषण कोशेली वितरण गरिएको छ ।