Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

क्यानको वार्षिक साधारणसभा सुर्खेत हुँदै

सुर्खेत  :  नेपाल क्रिकेट संघ (क्यान)को वार्षिक साधारण सभा सुर्खेतमा सञ्चालन हुने भएको छ । आईतबार बिहान १० बजेदेखि प्रदेश राजधानी सुर्खेतमा साधारण सभा हुने भएको क्यानले जनाएको छ । कर्णाली प्रदेशमा आयोजना गरिएको यो पहिलो साधारण सभा हो ।

क्रिकेट खेलप्रति विकास र सचेतनाको लागि पनि कर्णालीमा साधारण सभा सञ्चालन गर्न खोजिएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताए । सुर्खेतमा हुने यो साधारण सभाले कर्णालीमा क्रिकेट खेलका लागि आवश्यक पूर्वाधार निर्माणका लागि प्रदेश र स्थानीय सरकारलाई सचेत गराउने विश्वास लगिएको अध्यक्ष चन्दले बताए ।

यो साधारण सभाले क्यानको वार्षिक कार्ययोजना निर्माण, वार्षिक नीतिगत समिक्षा, विभिन्न प्रतिवेदनको प्रस्तुती र छलफल लगायतका कामहरु गर्नेछ ।
अध्यक्ष चन्दका अनुसार यो साधारणसभा देशभरबाट क्यानमा आवद्ध करिब ८५ जना प्रतिनिधीहरुको सहभागीता रहनेछ । साधारणसभाको औपचारिक उद्घाटन कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले गर्ने जनाइएको छ ।