Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

विश्वकप लिगका विजेतालाई प्रतिव्यक्ति दुई लाख पुरस्कार

काठमाडौं  : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइसिसी विश्वकप लिग–का विजेता खेलाडीलाई प्रतिव्यक्ति दुई लाख रुपियाँ पुरस्कार दिने घोषणा गरेका छन । बुधबार दिउँसो विजेता खेलाडीहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले बधाइ दिनुका साथै पुरस्कारसमेत दिने घोषणा गरेका हुन

खेलाडीहरूलाई बधाइ दिदै प्रधानमन्त्री प्रचण्डले भने सर्वप्रथम इतिहास रच्नुभएकोमा तपाईँहरूलाई बधाइ छ । तपाईँहरूले नयाँ रेकर्ड बनाउनुभएको छ, इतिहास रच्नुभएको छ । चार खेलमा पूरै विजय हासिल गरेर क्लिनस्वीप गर्नुभएको छ । यो देशकै गौरव हो ।

 

प्रधानमन्त्रीले भन्नुभयो, तपाईँको कारण देशकै गौरव र प्रतिष्ठा बढेको छ । म सबै नेपालीहरूको तर्फबाट तपाईँहरूलाई हार्दिक बधाइ ज्ञापन गर्दछु । तपाईँहरूलाई फेरि पनि सफलता मिलोस् । आउने प्रतिस्पर्धाका लागि शुभकामना छ । तपाईँहरूलाई प्रेरणा मिलोस् भनेर मैले नेपाल सरकारको तर्फबाट प्रतिखेलाडी दुई लाख पुरस्कार दिने घोषणा गर्दछु ।