Loading... आजः बुधबार, मंसिर १२, २०८१
Trending

गठबन्धन टुटाउने पक्षमा एमाले छैन : भट्टराई

दैलेख  :  नेकपा एमालेका सचिव योगेश भट्टराईले सत्ता गठबन्धन टुटाउने पक्षमा एमाले नरहेको बताएका छन । मङ्गलवार प्रेस चौतारी दैलेखले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै भट्टराईले एमाले गठबन्धन तोड्ने बिजनेस नगर्ने बताए । उनले पुस १० गते भएको सहमति अनुसार सभामुख र राष्ट्रपति एमालेको भागमा परेको र त्यसै अनुसार अगाडी बढ्ने बताए ।
उनले भने काँग्रेसले प्रचण्डलाई सडकमा फालेपछि उहाँ आफै बालकोट पुगेर सहमति गरेको हो हामी अस्थिर राजनीतिको पक्षमा छैनौ र यसले कसैलाई फाइदा हुँदैन । राष्ट्रपति निर्वाचनमा सत्ता गठबन्धन बाहिर गएर राष्ट्रपति बनाउने कुरामा प्रधानमन्त्री ज्युले जुन कुरा बोली रहनुभएको छ यसले उहाँमा त्यो स्थिर देखिन् । यदि गठबन्धन तोड्ने काम भयो भने कसैले विश्वास नगर्ने उनको भनाई छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल नै राष्ट्रपतिको उम्मेदवार बनाउने कुरा मिडियामा आएको छ भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले माधव नेपाल कम्युनिस्ट पार्टीको नेता,प्रधानमन्त्री भइसक्नुभएको,राष्ट्रपति हुन योग्य व्यक्ति हुनुहुन्छ उहाँलाई अगाडी सार्नुमा कुनै समस्या नभएको बताए । उनले भने यदि राष्ट्रिय सहमतिमा राष्ट्रपति निर्वाचन गर्ने भने नेपाली काँग्रेसले समेत उहाँलाई मतदान गर्नुपर्दछ ।

राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन हुन सकेन भने नेकपा एमालेले विगतमा भएको सहमतिका आधारमा राष्ट्रपतिको उम्मेदवार सत्ता गठबन्धन बाटै बन्ने कुरामा दुबिधा नरहेको बताए । नेकपा एमालेलाई मुलकको पहिलो पार्टी स्थापीत गरी संसदमा समेत एमालेको बहुमत प्राप्त गर्न मिसन ग्रासरुट अभियान संञ्चालन समेत गरेको बताए ।