Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

आधारभूत अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टको उद्घाटन


दैलेख  :  आठबिस नगरपालिका –४ मा रहेको आधारभुत अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टको उद्घाटन गरिएको छ । गैर आवासीय नेपाली सङ्घ र आठबिस नगरपालिकाको सयूक्त लगानीमा एक सय शय्याको अस्पताल निर्माण गरी गुणस्तरीय स्वास्थ्य सेवा र विशेषज्ञ सेवा प्रदान गर्ने उद्देश्यले राकमकर्णालीमा आधाभुत अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टको उद्घाटन कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विनोद कुमार शाहले उद्घाटन गरेका हुन ।
उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री शाहले कर्णाली राज्य बाट जहिले पनि ठगिएको भन्दै कर्णालीलाई राज्यले चिन्न नसकेको समेत बताए । उनले कर्णालीमा रहेको जल ,पर्यटन,जडीबुटीको मात्र राम्रो सदुपयोग गरेको खण्डमा कर्णाली समृद्ध हुने बताए । उनले भने कर्णालीले जब सम्म केन्द्र सम्म राजनैतिक पहुँच राम्रो हुँदैन तब सम्म कर्णालीले पछ्यौटेपन सधैँ रहिरहन्छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाःमगल रावलले आफ्नै कार्यकालयमा राकमकर्णालीमा एक सय शय्या अस्पताल निर्माण कार्य सम्पन्न गरी सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गगरे । उनले सङ्घीय सरकार वा प्रदेश सरकार बाट प्रतिष्ठानले रकम पाउन नसकेको दुखेसो पोख्दै कर्णालीलाई हेर्न नजर समेत परिवर्तन गरिनुपर्ने बताए । उनले भने शिक्षा,स्वास्थ्य र पुर्बधार निर्माण नभए सम्म मानव सुचाङक समेत पुरा गर्न नसकिने भन्दै त्यस तर्फ तीनै तहका सरकार जिम्मेवार भएर लाग्नु हुन्छ । कर्णाली प्रदेशका दैलेख,कालिकोट,जुम्ला,हुम्ला लगायतका जिल्लालाई मात्र नभएर अक्षाम,बाजुरा र डोटी र सुर्खेत नेपालगन्जका बिरामीलाई समेत सेवा दिन सक्ने गरी प्रतिष्ठान अगाडी बढेको उपकुलपति रावलले बताए ।

प्रतिनिधि सभा सदस्य सोविता गौतमले कर्णालीका जनताले भोगको समस्यालाई नजिक बाट बुझ्न कर्णालीमा आएको बताइन । उनले  काठमाण्डौँ  बाट देखिने र बुझिने कर्णाली र आफै हिँडेर बुझिने कर्णालीमा के भिन्नता देखिन्छ भनेर आफू कर्णालीमा बटुवा भएर हिँडेको बताइन । उनले भनिन् कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले राकमकर्णालीमा निर्माण गर्न लागको एक सय शय्याको अस्पताल निर्माणका लागी आफ्नो तर्फ बाट गर्नु पर्ने सहयोग रहन्छ ।

आठबिस आधारभूत नगर अस्पतालका निमित्त प्रमुख कर्ण बहादुर साउद माझिले नगर अस्पताल बाट भिडियो एक्स–रे,ई सिजी,ल्याव सेवा,अस्पताल फार्मेसी, र विशेषज्ञ सेवा सञ्चालनको लागी अप्रेशन कक्ष तयार तथा आवश्यक सामाग्रीको व्यवस्थापन गरिएको बताए । उनले नगर अस्पतालमा निर्माण गरिएको अक्सिजन प्लान्टले २४ घण्टामा ९६ सिलिन्डर अक्सिजन दिने समेत बताए । उनले भने कर्णाली राजमार्गमा कुनै दुर्घटना भएको खण्डमा घाइतेहरूलाई तत्काल अक्सिजन दिने,घाइेतहरुको अवस्थामा बारेमा भिडियो एक्स–रे गर्ने र आवश्यकताका आधारमा दैलेख,अक्षाम,कालिकोट र जुम्ला जिल्लालाई समेत अक्सिजन दिन सकिने छ ।

आठबिस नगरपालिकाका नगर प्रमुख तर्क बहादुर बडूवालले अक्सिजन टर्स निर्माण ११ लाख १३ हजार,विद्युतीय प्रसारण ट्रान्सफर्मर खरिद १३ लाख ७४ हजार,बेस निर्माण ६८ हजार क्रेन भाडा ७५ हजार विद्युतीय सामग्री खरिद चार लाख ५० हजार र अन्य खर्च एक लाख २५ हजार गरी ३२ लाख पाँच हजार रकम खर्च गरिएको बताए । उनले कर्णालीको मुख्यद्धार राकमकर्णाली भएको र कुनै समस्या भएको खण्डमा तत्काल उपचारको व्यवस्था मिलाउन आठबिस नगरपालिका –४ मा १५ शय्याको अस्पताल निर्माण र १०० शय्याको शिक्षण अस्पताल निर्माणको चरणमा रहेको बताए ।