Loading... आजः शनिबार, साउन १२, २०८१
Trending

घट्दै राउटे समुदायको जनसंख्या


दैलेख  :  कर्णाली प्रदेशका विभिन्न जंगलमा फिरेन्ते जीवन बिताइरहेका राउटे समुदायमा जन्मदर भन्दा मृत्युदर धेरै भएको पाइएको छ । कुनै बेला पैसा छोए पाप लाग्छ भन्ने राउटे समुदाय पछिल्लो समय नागरिक संगको घुममील संगै अत्यधिक मदिरा सेवन,कुपोषण, आगलागी,भीरबाट लड्ने समस्याका कारण राउटेहरूको अकालमै ज्यान जान थालेपछि राउटे समुदायमा जन्मदर भन्दा मृत्युदर बढ्दै गएको पाइएको हो ।

राउटे परियोजनाले गरेको सर्वेक्षणले २०७५ भदौ २ देखी २०७९ माघ मसान्त सम्म चार वर्षको अवधिमा राउटे समुदायमा २६ जनाको जन्म हुँदा २८ जनाको मृत्यु भएको छ । माघ चार गते आगलागीमा परी घाइते भएका राउटे युवा नारायण शाहीको मृत्यु भए संगै मृत्यु हुनेको संख्या २९ पुगेको हो ।

राउटे परियोजना मार्फत समुदायमा खटिएका शिक्षक लाल बहादुर खत्रीले राउटे समुदायमा पछिल्लो सयम बालबालिका देखि महिला र वृद्ध वृद्धाले अत्यधिक मदिरा पिउने गरेका गरेका कारण राउटेहरु संकटमा पर्ने गरेको बताए । उनले मदिरा सेवन गर्ने,आगोलमा पर्ने,भीर बाट खसेर मृत्यु हुने र बाबालिकामा कुपोषण भएर मृत्यु हुने समस्या कारण राउटेहरुको जनसख्या घट्दै गएको बताए । उनले भने २०७५ सालमा राउटे परियोजना मार्फत काम सुरु गर्दा एक ५२ जना संख्या रहेको राउँटे समुदाय घटेर एक सय ४२ मा झरेको छ । बस्तीका युवा र वृद्धहरू मदिरामा लट्ठ हुने समस्या र भर्खरै जन्मिएको शिशुलाई समेत दिनभरि बस्तीमै छाडेर आमाबुवा गाउँतिर घुम्न जाने भएकाले बच्चाहरूले खासै स्याहार नपाउने गरेका कारण बालबालिकाको मृत्यु हुने गरेको शिक्षक खत्रीले बताए ।

२०७५ साल भदौ यताको चार वर्षमा २६ जना बालबालिका जन्मिएका छन् । त्यस मध्ये छ जना बालीकाको मृत्यु भएको छ भने ८ जना बालकको मृत्यु भएको छ । अन्य २५ जना १८ वर्ष माथि युवा र बृद्धहरुको मृत्यु भएको छ ।
राउटे जातिमा सोवंशी, कल्याल र रास्कोटी गरी तीन ठकुरी जातका राउटे छन् । समुदायमा कोहीको १२ वर्षमै विवाह भएको छ भने कोही अझै अविवाहित छन् । समुदायमा पछिल्लो तथ्याङ्क अनुसार १८ वर्ष उमेर समूहका ७ जना केटा र १३ जना केटी विवाह नगरी बसेका छन् । आफ्ना उमेरका कोही केटा आफ्नो थर भन्दा फरक नभएका कारण उनीहरूको विवाह हुन सकेको छैन ।

राउटे परियोजना मार्फत महिलाहरूको स्वास्थ्य उपचारका लागी खटिनु भएकी अनमी अमृता रोकायले सानो उमेरमा विवाह गर्दा राउटे समुदायमा मातृ तथा शिशु मृत्युको जोखिम बढी रहेको बताइन । उनले समुदायका नागरिकलाई परिवार नियोजनका विषयमा जानकारी गराउँदा वास्ता नगर्ने गरेको बताउनले भनिन् त्यस कारण अधिकांश महिलालाई पाठेघरको समस्या छ र बालबालिका कुपोषणको समस्याले पीडित छन् ।