कर्णालीको दुश्मनी गरिबीसँग छ : मुख्यमन्त्री शर्मा
सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीको दुश्मनी गरिबीसँग रहेको बताएका छन् । प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरको पर्यटकीय क्षेत्र बुलबुले उद्यानमा गन्थन, मन्थन र चिन्तनको बहस ‘कर्णाली उत्सव’ चौथो संस्करणको उद्घाटन गर्दै मुख्यमन्त्री शर्माले समृद्ध कर्णाली निमार्णको लागि शिक्षा, स्वास्थ्य, रोजगारका लागि पूर्वाधारको आवश्यकता रहेको बताए ।
कर्णालीको दुश्मनी गरिबीसँग रहेको र यसको अन्त्यका लागि श्रम, सीप, मानव शक्ति, जङ्गल, पानी, र खानीलाई परिचालन गर्न सकेमात्रै गरिबीको अन्त्य हुने धारणा व्यक्त गरे । उनले भने, ‘बहसले कर्णाली समृद्ध हुनमा टेवा पुर्याउने अपेक्षा गरेको छु । कर्णालीमा चुनौती र सम्भावनाको बहसका विषयमा कर्णाली सरकारले छलफल गर्दै आएको मुख्यमन्त्री शर्माले बताएका छन् ।
त्यस्तै, उनले राजनीति सिद्धान्त समाजवाद भनेको के हो, कुन चरीको नाम हो भनेर प्रश्न गर्दै समाजवादको चरीलाई समातेर अघि आत्मसात् गर्नुपर्ने बताए ।
‘समाजवादको व्याख्या गर्नेहरूको कमी रहेको छैन,’ शर्माले भने, ‘हालको अवस्थामा कस्तो खालको समाजवाद आवश्यक रहेको छ । यहाँको समस्याको समाधान कसरी गर्ने सकिन्छ । कर्णालीका समस्या समाधानका लागि बहस निरन्तर गर्न जरुरी रहेको छ ।