राउटेलाई खाद्यन्न सहयोग
दैलेख : राउटेलाई खाद्यान्न सहयोग गरिएको छ । एइ आई एन लक्जेम्बर्गको आर्थिक सहयोग सोसेक नेपालद्धारा संचालित राउटे परियोजना मार्फत खाद्यन्न सहयोग गरिएको हो । शनिवार प्रतिनिधि सभा सांसद सिता कुमारी राना, सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापाले बस्तिमा पुगेर सहयोग गरेको सोसेक नेपालले जानकारी दिएको छ ।
सोसेक नेपालले दिएको जानकारी अनुसार प्रत्येक घरमा ३० केजीका दरले ४० घरलाई चामल, नुन तेल, तरकारी लगायत गरी एक लाख ५० हजार बराबरको खाद्यान्न सामाग्री वितरण गरिएको छ । साभार