Loading... आजः शुक्रबार, चैत्र ३०, २०८०
Trending

ट्याक्टर दुर्घटना, एक घाइते


दैलेख :  टयाक्टर दुर्घटना हुँदा एक जना घाइते भएका छन । दैलेखको लोहोरे खोला बाट सदरमुकाम तर्फ आउँदै गरेको से २ त १६५२ नम्बरको ट्याक्टर नारायण नगरपालिका–८ सिमाडामा दुर्घटना एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख (डिएसपी) इश्वर लम्सालले दुर्घटनामा परी भगवतीमाई गाउँपालिका–१ गन्मका अन्दाजी वर्ष ६० को गोबिन्द अधिकारी घाइते भएको जानकारी दिए । उनले घाइतेलाई उपचारका लागी दैलेख अस्पतालमा ल्याइएको र अवस्था गम्भिर रहेको जानकारी दिए । टाक्टर चालक फरार रहेको र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।