Loading... आजः सोमवार, बैशाख १५, २०८२
Trending

कर्णाली प्रदेश सरकारको प्रवक्तामा मन्त्री जिसी

सुर्खेत :  कर्णाली प्रदेश सरकारले प्रवक्ताको जिम्मेवारी आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णबहादुर जिसीलाई दिइएको छ। सोमबार बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषदको बैठकले प्रवक्ताको जिम्मेवारी कानुन मन्त्री जिसीलाई दिने निर्णय गरेको हो।

जिसी सुर्खेत क्षेत्र नं १ ख बाट निर्वाचित सांसद र माओवादी केन्द्रबाट मन्त्री भएका बनेका हुन्। यस्तै प्रदेश सरकारले भौतिक पूर्वाधार, ऊर्जा तथा जलश्रोत मन्त्रालयको संगठन तथा व्यवस्थापन बजेट तथा कार्यक्रम कार्यान्वयन र कार्यजिम्मेवारी सम्बन्धी चालु आर्थिक वर्षको असार मसान्तभित्र संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी मन्त्रालय र मातहतमा रहने संरचना, दरबन्दी निर्क्योल गर्ने, एकीकृत मन्त्रालयको नाममा चालु आर्थिक वर्षको असार मसान्तसम्म साविकमा दिएका अख्तियारी अनुसार नै बजेट तथा कार्यक्रमहरू सञ्चालन गर्ने, हाल कार्यरत प्रदेश सचिवहरू साविकको कार्यजिम्मेवारी अनुसारकै कार्यक्षेत्रमा काम गर्ने र एक अर्कोको अनुपस्थितिमा एकले अर्काको काम गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषदको बैठक २०७९ फागुन महिनादेखि प्रत्यक महिनाको तेस्रो र चौथो हप्ताको बुधबार दिउँसो ४ बजे बस्ने निर्णय गरेको छ। यस्तै प्रदेश सरकारले एकीकृत बस्ती विकास कार्यक्रम सञ्चालन नियमावली २०७९ स्वीकृत गरेको छ। आगामी फागुन १ गते जनयुद्ध दिवसमा प्रदेश भित्रका स्थानीय तह र प्रदेशका कार्यालयहरूलाई सार्वजानिक बिदा दिने र सोको सूचना राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको छ।