Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

शुक्रबारदेखि अवरुद्ध कर्णाली राजमार्ग खुल्यो


दैलेख :   शुक्रबार साँझबाट बन्द भएको कर्णाली राजमार्ग सोमबार बिहानदेखि खुलेको छ । हुम्लाबाट नेपालगन्ज जाँदै गरेको भे १ ख ३५१८ नम्बरको ट्रकले दैलेखेको सिम भन्ने ठाउँमा ठक्कर दिएर दैलेख आठबिस नगरपालिका वडा नं। ४ का वर्ष ५५ का तिलक माझीको मृत्यु भएपछि स्थानीयले बन्द गरेको कर्णाली राजमार्ग खुलेको हो ।

शुक्रबार ६ बजेदेखि बन्द भएको कर्णाली राजमार्ग शनिबार राति १० बजे खुले पनि फेरि स्थानीयले सडक अवरोध गरेपछि आइतबार दिनभर तनावगस्त भएको थियो । आइतबार राति सहमतिपछि पीडित पक्षले केही नगद र केही राहत बापतको रकमको चेक प्राप्त गरेपछि सडक खुलेको बताइएको छ ।

आठबिस नगरपालिका उपप्रमुख कल्पना थापा चन्दले लामो समयको छलफलपछि बल्ल सहमति भएर कर्णाली राजमार्ग खुलाएको जानकारी दिइन । सवारी धनीले शनिबार साँझ १४ लाख क्षतिपूर्ति दिन तयार भए पनि आइतबार पहिलो किस्ता बापत दिने भनेको रकम नदिएपछि मृतकका आफन्तले पुन राजमार्ग बन्द गराएका थिए । उपप्रमुख चन्दले दुवै पक्षसँग बसेर सहमति भएपछि सडक खुलेको जानकारी दिइन । राजमार्ग बन्द हुँदा कालिकोट, जुम्ला, मुगु, हुम्ला, बाजुरा जाने यात्रु र त्यहाँबाट मुलुकका विभिन्न सहरमा जाने यात्रु मर्कामा परेका थिए ।