Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

सांसद बन्न प्रहरी रिपोर्ट अनिवार्य बनाउँदै निर्वाचन आयोग


काठमाडौं  :   जनप्रतिनिधिहरूले उम्मेदवार बन्न प्रहरी रिपोर्ट पेस गर्नुपर्ने कानुनी व्यवस्था ल्याउने तयारी भएको छ। निर्वाचित भएर पनि कानुनी उल्झनका कारण जनप्रतिनिधिहरूको काम प्रभावित भएको भन्दै निर्वाचन आयोगले यस्तो व्यवस्था ल्याउन लागेको हो। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनसम्बन्धी ऐनमा प्रहरी रिपोर्ट अनिवार्य गर्ने व्यवस्था ल्याउन लागेको बताए।
प्रमुख आयुक्त थपलीयाले भने स्थानीय तह, प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनलाई नियाल्दा उम्मेदवारहरूको योग्यतामा कानुनीरूपले प्रश्न उठ्दै आएका छन्। जनताले चुनेका प्रतिनिधि सपथग्रहण गर्नासाथ निलम्बन हुनुपरेको अवस्था, भ्रष्टाचारलगायतका मुद्दा चलेका, भूमिगत हुनुपरेको अवस्था, पेस गरेका नक्कली प्रमाणपत्र (नागरिकता लगायत देखियो,
उनले अन्नपूर्णसँग भने, ुठूलो धनराशि खर्च गरेर निर्वाचन गर्दापनि जनताले छानेका प्रतिनिधिले जनताका आवाज बोल्न नपाउने र अर्को निर्वाचन गर्नुपर्ने अवस्थाको सिर्जना भएको देखियो। यो अवस्थालाई अब बन्ने कानुनले सम्बोधन गर्नुपर्ने आयोगको बुझाइ हो।

उनले यससम्बन्धी मस्यौदामाथि आन्तरिकरूपमा छलफल भइरहेको बताए। मस्यौदालाई अन्तिम रूप दिएर संसदमा लैजाने तयारी भइरहेको प्रमुख निर्वाचन आयुक्त थपलियाको भनाइ छ। सम्भवतः चैत १५–२० भित्र नयाँ व्यवस्थासहितको निर्वाचनसम्बन्धी ऐनको मस्यौदा पेस गर्छौं। ऐनमाथि छलफल भइरहँदा नियमावली तयारी गर्न काम गर्छौं ।

उनले निर्वाचनमा उम्मेदवार बन्दा आफैंले प्रहरी रिपोर्ट ल्याएर योग्यता प्रस्तुत गर्नुपर्ने बताए। मेरो प्रमाणपत्र ठीक छ। म योग्य छु भन्ने कुरा ऐनमै प्रमाणित गर्नुपर्ने र प्रमाणित गरिएका सबै कुराको भार उम्मेदवारले नै लिनुपर्ने गराउँदैछौं। यी कुरालाई शालीन ढंगले प्रस्ताव गरेर संसदमा पेस गर्छौं।