Loading... आजः बुधबार, मंसिर १२, २०८१
Trending

निशुल्क शिवीरमा पाँच सय जनाले लिए सेवा

दैलेख  :  निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरमा पाँच सय बिरामीले सेवा लिएका छन् । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखले जिल्लाको भैरवी गाउँपालिकामा आयोजना गरेको शिविरमा पाँच सय जना बिरामीले सेवा लिएका हुन । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका डाक्टर प्रज्ञा उपाध्याये शिविरमा बाथ,अम्लपित्त, श्वासप्रश्वास, मुटु सम्बन्धी समस्या, माइग्रेन, सेतो पानी बग्ने, अनियमित महिनावारी,जस्ता समस्या भएका बिरामी फेला परेको बताइन । उनले बिरामीहरूलाई आवश्यक औषधी वितरण सँगै थप उपचारका लागी आवश्यक परामर्श गरिएको बताइन ।
भैरवी गाउँपालिकाकी उपाध्यक्ष देवी भण्डारीले जिल्लामा उपचार गर्न जान नसक्ने बिरामीहरूका लागी गाउँघरमै राखेका शिविरले राहत हुने बताइन । उनले आगामी दिनमा शिविर सञ्चालन गर्दा गाउँपालिका बाट थप बजेट विनियोजन गरी शिविरलाई दुई दिन सम्म सञ्चालन गर्ने बताइन ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख राम प्रसाद महत्तोले आयुर्वेद स्वास्थ्य संस्थाको पहुँच नभएका ठाउँमा आयुर्वेद स्वास्थ्य सम्बन्धी शिविर सञ्चालन गरी नागरिकहरूलाई निःशुल्क औषधी वितरण गर्दै आएको बताए उनले जिल्लाका ११ स्थानीय तह सँगको सहकार्यमा प्रत्येक पालिकामा शिविर सञ्चालन गर्ने आफ्नो योजना भए पनि बजेट अभावका कारण शिविर सञ्चालन गर्न कठिनाइ भएको बताए ।