Loading... आजः सोमवार, असार ४, २०८१
Trending

आमसञ्चार प्रतिष्ठान गठन छिटै : मन्त्री जिसी

सुर्खेत : कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसीले प्रदेश सरकारले अब छिट्टै आमसञ्चार प्रतिष्ठान गठनका लागि विधयेक ल्याउने बताएका छन् । सुर्खेतमा आइतबार नेपाल प्रेस सेन्टरको १९ औँ स्थापनाको अवसरमा बोल्दै मन्त्री जिसीले आम सञ्चार प्रतिष्ठानमार्फत सञ्चार क्षेत्रलाई प्रविधि मैत्री बनाउने बताएका हुन् ।
उनले सूचना प्रविधिमा भएको विकासले शान्ति सुरक्षामा समेत चुनौती थपिएको भन्दै मन्त्री जिसीले प्रादेशिक तहमा सचेतनामूलक कार्यक्रमसहितका सुरक्षा योजना बनाउने गरी तयारी भइरहेको उनको भनाइ छ। उनले कर्णालीका जनतालाई सत्य सूचना र खबरदारी गर्न कर्णालीका पत्रकारहरूले खेलेको भूमिका प्रशंसायोग्य रहेको बताए ।