Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

किसानमैत्री नीति नहुँदा समस्या


कमल शर्मा
स्थानीय तहले किसानमैत्री नीति निर्माण नगर्दा आफूहरू समस्यामा परेको किसानहरूले बताएका छन् । ब्यबसायिक रूपमा कृषि खेती गर्ने किसान भन्दा पावर पहुँचका भरमा सरकारी निकाय बाट अनुदान पाउने गरेका कारण वास्तविक किसान मारमा परेको बताएका हुन । संयुक्त राष्ट्रसंघिय विकास कार्यक्रम र महिला सशक्तीकरण मञ्च नेपालको सहजीकरणमा सञ्चालन भएको ग्रिन रिकभरी परियोजनाले आयोजना गरेको किसान र पत्रकार बिच गरिएको अन्तरक्रियामा उनीहरूले उक्त गुनासो गरेका हुन ।

डुगेश्वर गाउँपालिका –२ का किसान रमेश विष्टले राज्यले कृषि क्षेत्रमा लाखौँ रकम विनियोजन गरे पनि वास्तविक किसान सम्न नपुग्ने गरेको बताए । उनले स्थानीय सरकारले समेत वास्तविक किसान छनोट गरी उनीहरूलाई आवश्यक तालीम र अनुदान दिनु पर्ने भए पनि त्यसो हुन नसकेको बताए । उनले भने किसानले ब्यवासयिक कृषि गर्नका लागी स्थानीय तह, प्रदेश सरकार र सङ्घीय सरकारले सिचाइको प्रबन्ध गर्नु पर्दछ ।
डुगेश्वर गाउँपालिका –२ का किसान गीता खड्का थापाले स्थानीय सरकारले समेत किसानलाई प्रोत्साहन गर्ने खालका कार्यक्रम सञ्चालन नगरिएको बताए । उनले स्थानीय तह, जिल्ला र प्रदेश सम्म राजनैतिक पहुँच भएका व्यक्तिले मात्र सरकारी अनुदान पाउने भएका कारण वास्तविक किसान ओझेलमा पर्ने गरेको बताइन उनले कसानले व्यावसायिक तरकारी खेती मार्फत उत्पादन गरिएको भए पनि त्यसको मूल्य समेत नपाउने गरेको बताइन । उनले भनीन हामी कहाँ तरकारी संकलन केन्द्र पनि छैन तरकारी संकलन केन्द्र नुहुँदा किसानले उत्पादन भएको तरकारी बोकेरै बेच्नु पर्ने र त्यसले आफ्नो लागत समेत नउठ्ने समस्या रहेको छ ।

डुगेश्वर गाउँपालिका–३ का किसान भक्त बहादुर थापाले ब्यबसायिक कृषि गरिरहेका किसानले कुनै निकाय बाट समेत राम्रो सहयोग पाउन नसकेको बताए । उनले कृषि विकास कार्यालय,कृषि विकास बैक र स्थानीय तहले किसानलाई प्रोत्साहन हुने गरी बिउँ बिजन,प्राविधिक परामर्श र बजारीकरणमा सहयोग नगरेको बताए । उनले स्थानीय तहले विभिन्न क्षेत्रगत रूपमा त्यसलाई कृषि पकेट क्षेत्रको रूपमा वर्गीकरण गरेर मात्र लगानी गरेको खण्डमा कृषि पेसा सम्मानित हुने बताए ।उनले भने तीनै तहका सरकारले उत्पादनमा किसानलाई हौस्याए पनि अन्ततः बजारीकरणमा सहयोग नगर्ने गरेका कारण किसानले उत्पादन गरेको तरकारीले मूल्य नपाउने गरेको गुनासो गरे ।

डुङ्गेश्वर गाउँपालिकाका उपाध्यक्ष कलावती न्यौपाने किसानहरूका उन्नति र प्रगतिका लागी पालिका बाट गर्नु पर्ने सहयोग प्रदान गरिने बताइन । उनले किसानलाई कृषि पेसामा टिकाइराख्न कस्ता खालका कार्यक्रम सञ्चालन गर्ने भन्ने विषयमा सम्बन्धित क्षेत्रका विज्ञ सँग छलफल गरिरहेको समेत बताइन । उनले किसानहरूलाई आवश्यक तालीम,बिउँ बिजन,प्रविधि, र संकलन केन्द्र निर्माणका लागी कृषि क्षेत्रमा काम गर्ने विभिन्न गैर सरकारी संस्था सँग समन्वय गरिरहेको बताइन ।

पत्रकार महासङ्घका पूर्व जिल्ला अध्यक्ष विष्णु शर्माले किसानका समस्या समाधान गर्न पालिका जिम्मेवारी बन्नु पर्ने बताए । उनले प्रत्येक नागरिकले राज्यले गरेका लगानीका विषयमा जानकारी लिन पाउने भएका हुँदा कृषि क्षेत्रमा गरिएको खर्चको विवरण माग्न सक्नु पर्ने बताए ।
फोटो क्याप्पसन ः पत्रकार र किसान बिच अन्तरक्रिया कार्यक्रममा सहभागी किसान । तस्बिर कमल शर्मा