कर्णाली प्रदेश सरकारले पायो पुर्णता ,यस्तो बन्यो मन्त्रीमण्डल
सुर्खेत : कर्णाली प्रदेशमा सरकार गठन भएको १५ दिनपछि मन्त्रिपरिषद्ले पूर्णता पाएको छ। मुख्यमन्त्री राजकुमार शर्माले बुधबार छ जना मन्त्री नियुक्त गरेका हुन । सात सदस्यीय मन्त्रीमण्डलमा मुख्यमन्त्रीसहित नेकपा (माओवादी केन्द्र) का चार र नेकपा (एमाले) का तीन मन्त्री नियुक्त भएका छन ।
मुख्यमन्त्री शर्माले बुधबार संविधानको धारा १६८ (९) बमोजिम पुस २८ मा गठित मौजुदा मन्त्रिपरिषद्मा नियुक्ति, हेरफेर र कार्य विभाजन गरेका हुन । मुख्यमन्त्री शर्माले नेकपा एमालेबाट विनोदकुमार शाह आर्थिक मामिला तथा योजनामन्त्री, टेकराज पछाई सामाजिक विकास र जितबहादुर मल्ल उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बनाएका छन । शाह दैलेख क्षेत्र नम्बर २ ९ख०, पछाई जुम्ला (ख) र मल्ल मुगु (क) बाट निर्वाचित भएका थिए ।
त्यस्तै माओवादीबाट मङ्गलबहादुर शाही भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत, भीमप्रकाश शर्मा भूमि व्यवस्था, कृषि तथा सहकारी, कृष्णबहादुर जिसी आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका छन । भने भौतिक पुर्बधार उर्जा तथा जलस्रोत राज्यमन्त्रीमा उर्मिला बिक नियुक्त भएकी छिन । शाही मुगु (ख) शर्मा सल्यान (ख) र जिसी सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ (ख) बाट निर्वाचित भएका हुन ।