Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

शैक्षिक सुधारका लागी आवासीय कक्षा

दैलेख  :  विद्यालयको नतिजा सुधारका लागी आवासीय कक्षा सञ्चालन गरिएको छ । जिल्लाको महावु गाउँपालिका –२ मा रहेको जगदिस माध्यमिक विद्यालयले आवासीय कक्षा सञ्चालन गरेको हो । विद्यालय बाट २०७८ को एसइई परीक्षामा राम्रो नतिजा नआएको भन्दै एसइई परीक्षामा राम्रो नतिजा ल्याउने उद्देश्यले आवासीय कक्षा सञ्चालन गरेको विद्यालयले जानकारी दिएको छ ।

जगदिस माध्यमिक विद्यालयका प्रधानाध्यापक सरिता गुरुङले एसइई परीक्षामा राम्रो नतिजा प्राप्त गर्न कक्षा १० मा अध्ययनरत विद्यार्थीलाई आवासीय कक्षा सञ्चालन गरी अध्यापन गराई रहेको बताइन । उनले विद्यालयले विद्यालयमा स्रोत र अभिभावक सँग रकम उठाएर उक्त कक्षा सञ्चालन गरिएको बताइन । उनले भनिन विद्यालयको नतिजा सुधार सँगै गुणस्तरीय शैक्षिक सुधार गर्न यो अभियान सञ्चालन गरेका छौ ।
एक विद्यार्थीले एसइई परीक्षा दिने बेला सम्म पढ्नको लागी आठ हजार रुपैयाँ उठाउनु पर्ने नियम बनाएको प्रधानाध्यापक गुरुङले बताए । उनले भनिन हामीले एकै घर बाट दुई जना बालबालिका एसइई दिने भएको भए पनि आठ हजार रकम उठाउने र आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिका बाट भने रकम उठाउँदैनौ । कक्षा दशमा ५५ जना विद्यार्थी भर्ना भए पनि ५० जना नियमित विद्यार्थी रहेको र ३० जनाले मात्र तोकेको रकम उठाउन सक्ने रहेका छन् ।

महावु गाउँपालिका –२ का वडाध्यक्ष प्रकाश बहादुर थापाले विद्यालयको शैक्षिक सुधारका लागी वडा कार्यालय बाट समेत स्रोत संकलन गरिने बताए । उनले भने हामीलाई आवासीय कक्षा संञलन गर्ने कुनै उद्देश्य थिएन विद्यालयमा गएर बुझ्दा शिक्षामा बालबालिका कमजोर देखेपछि सबैलाई बेलाएर छलफल गर्दा आवासीय कक्षा सञ्चालन गर्न सबै तयार भएपछि मात्र योजना बन्यो अर्को आर्थिक वर्ष देखी बजेट नै विनियोजन गरी आवासीय कक्षा सञ्चालन गर्छौ ।

महावु गाउँपालिकाका अध्यक्ष लछुमुन गुरुङले पछिल्लो समय गाउँपालिकामा नै शिक्षाको गुणस्तर राम्रो हुन नसकेका कारण शिक्षा क्षेत्रका सबै सरोकारवाला लाई राखेर गुणस्तर सुधारका लागी आवश्यक पुर्बधार र विषयगत शिक्षकको व्यवस्था गर्न प्रयास गरिरहेको बताए ।
फोटो क्याप्सन ः आवासीय कक्षा सञ्चालनका लागी बालबालिका सँग अभिभावक राखेर परामर्श गरिँदै । तस्बिर कमल शर्मा