कर्णाली प्रदेश उपसभामुखको निर्वाचन बुधबार हुने
सुर्खेत : कर्णाली प्रदेश सभाको उपसभामुखका लागि भोलि बुधबार निर्वाचन हुने भएको छ । सभामुख नन्दा गुरुङले बुधबार दिउँसो १ बजेका लागि निर्वाचन कार्यतालिका तोकेकी हुन् ।
सभामुख गुरुङले प्रदेश सभा नियमावली ०७९ को उपनियम ९ को उपनियम १ बमोजिम निर्वाचन सम्बन्धी सूचना प्रकाशित गर्न प्रदेश सभा सचिवालयका प्रमुख सचिव जीवराज बुढाथोकीलाई निर्देशन समेत दिएकी छन् ।
उपसभामुखका लागि सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका यशोदा न्यौपाने र रणसिंह परियारको नाम चर्चामा छ ।