Loading... आजः शुक्रबार, बैशाख १४, २०८१
Trending

सभामुखको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक

काठमाडौँ  :  सभामुख पदको निर्वाचनका लागि संघीय संसद्‍ सचिवालयले कार्यतालिका सार्वजनिक गरेको छ । संसद्‍ सचिवालयले जारी गरेको कार्यतालिका अनुसार भोलि बुधबार सभामुख पदका लागि उम्मेदवारी दर्ता गराउन पाइनेछ ।

 

सत्ता गठबन्धन दलहरूबीच भएको सहमति अनुसार सभामुख पद एमालेको भागमा परेको भनिए पनि कसलाई बनाउने भनेर निर्णय भइसकेको छैन । यद्यपि सोमबार राति सत्ता साझेदार दलहरूको बैठकले उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिने सहमति गरेको थियो ।