Loading... आजः शुक्रबार, बैशाख १४, २०८१
Trending

कर्णालीको सभामुखमा गुरुङ र पोखरेलको उम्मेदवारी

सुर्खेत  :  कर्णाली प्रदेशको सभामुखको लागि दुई जनाको उम्मेदवारी परेको छ। शनिबार सत्तागठबन्धन दल नेकपा एमाले बाट नन्दा गुरुङ र नेपाली काँग्रेस बाट खड्ग पोखरेलको उम्मेदवारी दर्ता भएको हो। प्रदेश सभाको कार्यालयका पुगेर सत्तारुढ गठबन्धनको तर्फबाट एमालेकी नन्दाले र नेपाली काँग्रेसबाट पोखरेलले सभामुखको लागि उम्मेदवारी दर्ता गरेका छन्।

नेपाली कांग्रेसका उम्मेदवार बनेका सांसद पोखरेल सुर्खेत निर्वाचन क्षेत्र नम्बर–१ प्रदेश सभा (१)बाट निर्वाचित भएका सांसद हुने भने एमालेबाट उम्मेदवार बनेकी गुरुङ सुर्खेतबाट समानुपातिक सांसद हुन्। ४० सदस्यीय प्रदेश सभा सदस्य रहेको कर्णाली प्रदेशमा नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १०, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी र स्वतन्त्र १/१ गरि ३ जना सांसद रहेका छन्।